Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले अन्ततः आफ्नै भवन पाएको छ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । भवन प्राप्त भएसँगै विश्वविद्यालयलाई शैक्षिक तथा प्रशासनिक गतिविधि आफ्नै पूर्वाधारबाट सञ्चालन गर्ने बाटो खुलेको छ । विश्वविद्यालय र निधि भवन दुवैको स्थापनामा भूमिका निर्वाह गरेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार भवनको अवलोकन गरे । त्यस अवसरमा उनले भवन हस्तान्तरणले विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खुसी प्रकट गरे । उनले दुवै संस्थालाई एउटै छातामुनि ल्याउने आफ्नो चाहना पूरा भएको उल्लेख गर्दै भवन हस्तान्तरणको निर्णय गर्ने सङ्घीय सरकारप्रति आभार व्यक्त गरे । विश्वविद्यालयले भवनलाई शैक्षिक तथा प्रशासनिक गतिविधिका साथै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा उपयोग गर्ने जनाएको छ । चालु वर्ष नै भवनमा तीनवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको छ । अत्याधुनिक सभाहल र दुईतले प्रशासनिक भवनलगायतका भौतिक संरचना रहेको निधि भवन विश्वविद्यालयका शैक्षिक गतिविधि विस्तारका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरधाम-अयोध्या रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने
Latest NewsJust now

जनकपुरधाम-अयोध्या रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म वन्देभारत एक्सप्रेस रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयका अनुसार नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो । रेल सेवाको मंसिर ७ गते अर्थात् नोभेम्बर २३ मा उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतीय रेल मन्त्रालयले जनाएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ...

नेपालन्युज
छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
Latest NewsJust now

छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

शनिबार ‘खरना’ विधि गरेका व्रतालु आइतबार निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । वीरगन्जका छठ घाट सिँगारिएका छन् भने पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले पटका प्रयोगमा रोक लगाएको छ । ...

कान्तिपुर
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद
Latest NewsJust now

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सो रकम बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ...

नेपालन्युज
‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्री
Latest NewsJust now

‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्री

पाकिस्तानका जलवायु मन्त्री मुसादिक मसुद मलिक अर्को हप्ता भारतको भ्रमणमा आउने भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार मलिक नोभेम्बर २० देखि २२ सम्म नयाँ दिल्लीमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को कार्यक्रममा सहभागी हुनेछन्।  भारतले एससीओ सदस्यका रूपमा पाकिस्तानलाई कार्यक्रममा भाग लिन आमन्त्रओ गरेको हो।  अपरेसन सिन्दूरपछि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play