काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान ८ बजेर ५५ मिनेटमा बारमा आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार आगलागीबाट हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। आगलागी कसरी र के कारणले भएको हो भन्नेबारे भने अहिलेसम्म यकिन विवरण खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
दरबारमार्गकाे एक लाउन्ज बारमा आगलागी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






