Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

थोमस फ्र्याङ्कको प्रशिक्षणमा क्रिस्टल प्यालेसको पहिलो जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
थोमस फ्र्याङ्कको प्रशिक्षणमा क्रिस्टल प्यालेसको पहिलो जित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । थोमस फ्र्याङ्कले क्रिस्टल प्यालेसको प्रशिक्षकका रूपमा पहिलो जित हात पारेका छन् । युरोपा कन्फरेन्स लिगमा प्यालेसले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई २–१ गोलले पराजित गरेको हो । खेलमा रियल सोसिडाडले ६६औं मिनेटमा मामाडु सारको गोलमार्फत अग्रता लिएको थियो । तर, त्यसको पाँच मिनेटपछि जोन मार्टिनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा सीमित भयो । त्यसको फाइदा उठाउँदै क्रिस्टल प्यालेसले पुनरागमन गर्‍यो । ७४औँ मिनेटमा जाँ–फिलिप माटेटाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ८१औँ मिनेटमा वैकल्पिक खेलाडी ड्वाइट म्याकनिलले निर्णायक गोल गरे । इन्जुरी समयमा प्यालेसले अर्को पेनाल्टी पाउने अवसरसमेत पाएको थियो । तर, माटेटाको स्थानमा मैदान प्रवेश गरेका येरेमी पिनोको प्रहार रियल सोसिडाडका गोलरक्षक उनाइ मारेरेले बचाए । यो जितसँगै क्रिस्टल प्यालेसले युरोपेली प्रतियोगितामा घरेलु मैदानमा आफ्नो अपराजित यात्रा नौ खेलसम्म पुर्‍याएको छ । अर्कोतर्फ, इंग्लिस क्लबविरुद्ध रियल सोसिडाडको कमजोर प्रदर्शन पनि कायमै रहेको छ । इंग्लिस टोलीसँग खेलेका पछिल्ला १२ युरोपेली खेलमा उसले केवल एक जित निकालेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय)... ...

रातोपाटी
गोलबजारमा ठक्कर दिएर फरार स्कर्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु
Latest NewsJust now

गोलबजारमा ठक्कर दिएर फरार स्कर्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कर्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो । ...

कान्तिपुर
कुन तरकारीको मूल कति पुग्यो ?
Latest NewsJust now

कुन तरकारीको मूल कति पुग्यो ?

सुकेको भारतीय प्याज ९० रुपैयाँ, लोकल गाजर १ सय रुपैयाँ र तराईको गाजर १ सय २० रुपैयाँ तोकिएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement