काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशाला आसपासका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ । रङ्गशालामा खेल हेर्न पुग्ने दर्शकको आवागमन सहज बनाउनुका साथै आसपासको भौतिक पूर्वाधार व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सडक स्तरोन्नति गर्न लागिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको सडक डिभिजनले सडक स्तरोन्नतिका लागि प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढाएको छ । बोलपत्रदाताहरूको आर्थिक प्रस्ताव आगामी कात्तिक १९ गते खोलिने मन्त्रालयले जनाएको छ । आर्थिक प्रस्ताव खोलेपछि निर्माण प्रक्रिया अघि बढाइनेछ । सडक स्तरोन्नति तथा कालोपत्रेको काम आगामी ९० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला आसपासका सडक ९० दिनभित्र कालोपत्रे गरिने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






