Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

तीन दशकदेखि अल्झिएको पञ्चेश्वर आयोजना कार्यान्वयनमा लैजाने सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन दशकदेखि अल्झिएको पञ्चेश्वर आयोजना कार्यान्वयनमा लैजाने सहमति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल र भारतले लामो समयदेखि अल्झिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने भएका छन्। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित निकायलाई डीपीआर अन्तिम रूप दिन र आयोजना कार्यान्वयन सुरु गर्न निर्देशन दिएका हुन्। सोमबार नयाँ दिल्लीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर १८ मा दुवै प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई यस्तो निर्देशन दिएको उल्लेख छ। संयुक्त विज्ञप्तिअनुसार दुवै देशका प्रधानमन्त्रीले पञ्चेश्वर आयोजनाको डीपीआर शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिएका छन्। त्यसपछि आयोजना कार्यान्वयनको काम सुरु गर्ने सहमति पनि भएको छ। यसैगरी, जलस्रोतको पारस्परिक उपयोग र बाढीको प्रभाव न्यूनीकरणका लागि सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई समेत तीव्रता दिने सहमति भएको छ। सन् १९९६ मा भएको महाकाली सन्धिअन्तर्गत परिकल्पना गरिएको करिब ६ हजार ४८० मेगावाट क्षमताको पञ्चेश्वर आयोजना पानीको बाँडफाँट तथा लागत–लाभको हिस्सासम्बन्धी विषयमा सहमति जुट्न नसक्दा झन्डै तीन दशकदेखि अघि बढ्न सकेको छैन। सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी डीपीआरको मस्यौदा तयार पारिए पनि त्यसले अन्तिम रूप पाउन सकेको थिएन। विगतका उच्चस्तरीय भ्रमणमा समेत आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त हुँदै आए पनि कार्यान्वयनमा प्रगति हुन सकेको थिएन। त्यस्तै, पूर्वी नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा बर्सेनि हुने बाढी नियन्त्रण तथा जलस्रोतको उपयोगसँग जोडिएका सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर अध्ययन पनि लामो समयदेखि सुस्त छ। पछिल्लो सहमतिले यी तीनवटै आयोजनालाई अघि बढाउन दुवै देशको राजनीतिक प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। यसअघि सोमबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले हिमालयबाट बग्ने नदीहरूले दुवै देशको साझा भविष्य र जलवायु चुनौतीको स्मरण गराउने बताएका थिए। भ्रमणकै क्रममा दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्याससमेत गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण सफल, सहकार्यका लागि विश्वासको वातावरण बन्यो :  भूपदेव शाह
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण सफल, सहकार्यका लागि विश्वासको वातावरण बन्यो :  भूपदेव शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा... ...

रातोपाटी
खानीको अवैध उत्खनन रोक्न मापन प्रविधि र प्रदेश तथा स्थानीय तहसम्म विभाग विस्तार गर्न विज्ञहरूको सुझाव
Latest NewsJust now

खानीको अवैध उत्खनन रोक्न मापन प्रविधि र प्रदेश तथा स्थानीय तहसम्म विभाग विस्तार गर्न विज्ञहरूको सुझाव

काठमाडौँ । खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न उत्खनित खनिजको परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न... ...

रातोपाटी
नेपालमा भारतको ‘आईआईटी’ क्याम्पस स्थापना गरिने
Latest NewsJust now

नेपालमा भारतको ‘आईआईटी’ क्याम्पस स्थापना गरिने

काठमाडौँ । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफ–सोर’ क्याम्पस स्थापना गर्ने भएको छ । साथै, एक अर्काको देशमा बसोबास गर्ने नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चार (टेलिकम) लगायतका सेवामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement