Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तिहार पर्व सुरु, आज धनतेरस

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार पर्व सुरु, आज धनतेरस
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ । मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्ने चलन पनि छ । यसैदिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री किन्ने प्रचलन पनि छ । धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि जारी राख्दैछ । बबरमहलस्थित कार्यालयबाट हिजोदेखि सुनचाँदीका सिक्का बिक्री सुरु गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने
Latest NewsJust now

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग ...

केन्द्रबिन्दु
जलवायु वित्त अनुदानभन्दा ऋण दोब्बर
Latest NewsJust now

जलवायु वित्त अनुदानभन्दा ऋण दोब्बर

जलवायु वित्त भन्नाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न न्यूनीकरण र अनुकूलन प्रयासमार्फत विनियोजन गरिने वित्तीय स्रोतहरूलाई बुझाउँछ । यस्ता वित्तीय प्रवाहले हरितगृह ग्यास उत्सर्जन घटा... ...

गोरखापत्र
प्रस्तावित चार न्यायाधीशको जुरीकर्तासँग छलफल हुँदै
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशको जुरीकर्तासँग छलफल हुँदै

काठमाण्डु – सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले शुक्रबार छलफल गर्दैछ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play