Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

तारा सिन्चुरी हत्या प्रकरण: एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तारा सिन्चुरी हत्या प्रकरण: एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी
Photo / Coverage: हिमालय टाइम्स

अमेरिका । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई न्यूयोर्कबाट पक्राउ गरेको छ । अर्का संदिग्धको खोजी न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ । फेयरफिल्ड प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा कार्लोस इड्रोगो-आरियास (Carlos Idrogo-Arias) छन् । अर्का संदिग्ध रिचर्ड गुजमान-गुजमान (Richard Guzman-Guzman) भने फरार छन् । उनी न्यूयोर्क वा न्यू जर्सी क्षेत्रमा हुन सक्ने प्रहरीको अनुमान छ । अमेरिकी मार्शल्सको सहयोगमा फेयरफिल्ड प्रहरीको टोलीले न्यूयोर्क सिटी पुगेर इड्रोगो-आरियासलाई पक्राउ गरेको हो । उनलाई ओहायो ल्याउन सुपुर्दगी प्रक्रिया अघि बढाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुवै संदिग्ध ग्राहक बनेर फेयरफिल्डस्थित एभरेस्ट ज्वेलर्समा प्रवेश गरेका थिए । गहना किन्ने बहाना गरेका उनीहरूले पछि बन्दुक निकालेको र त्यसक्रममा सिन्चुरीसँग संघर्ष भएको प्रहरीको भनाइ छ । गोली लागेर सिन्चुरीको मृत्यु भएपछि संदिग्धहरू पसलबाट बहुमूल्य सामान लिएर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि प्राप्त सवारीसाधनसम्बन्धी सूचना, फ्लक (Flock) निगरानी क्यामेराका विवरण र पसलभित्रको सुरक्षा क्यामेराको फुटेज विश्लेषण गरेर अनुसन्धानकर्ताहरूले दुई संदिग्धको पहिचान गरेका थिए । ५२ वर्षीय सिन्चुरीको हत्या सन् २०२६ अक्टोबर २० मा भएको थियो । दिउँसो करिब १२ बजेर ५४ मिनेटमा गोली चलेको खबर पाएपछि प्रहरी ६६७९ डिक्सी हाइवेस्थित एभरेस्ट ज्वेलर्स पुगेको थियो। प्रहरीले उनलाई पसलभित्र गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनालाई लुटपाटसँग जोडिएको हत्या प्रकरणका रूपमा अनुसन्धान गर्दै आएको छ । घटनापछि अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) फेयरफिल्ड प्रहरीसँग सम्पर्कमा रहेको र एटीएफले पनि अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको थियो । परिवारका अनुसार सिन्चुरी भुटानमा जन्मिएका थिए । सन् १९९२ मा त्यहाँबाट विस्थापित भएको उनको परिवारले नेपालमा करिब २० वर्ष शरणार्थी जीवन बिताएपछि अमेरिकामा पुनर्वास पाएको थियो । सिन्चुरीले फेयरफिल्डमा एभरेस्ट ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उनको हत्याले परिवारसँगै ग्रेटर सिनसिनाटी क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भुटानी समुदायलाई स्तब्ध बनाएको थियो । नेपाली भाषा तथा कला केन्द्रसँग आबद्ध समाजसेवी तारा दाहालले एक जना संदिग्ध पक्राउ परेको खबरले परिवार र समुदायलाई केही राहत मिलेको बताएका छन् । “हाम्रो प्रिय समुदायका सदस्य तथा मित्रको दुःखद हत्यामा संलग्न रहेको आशंका गरिएका व्यक्तिमध्ये एक जना पक्राउ परेको खबरले उत्साह र राहत मिलेको छ । परिवार, साथीभाइ र सम्पूर्ण समुदाय दोषीहरू कानुनी दायरामा आउने आशामा यो खबरको प्रतीक्षामा थिए,” दाहालले भनेका छन् । उनले अर्का संदिग्ध पनि चाँडै पक्राउ पर्ने र अनुसन्धान निष्कर्षमा पुग्ने आशा व्यक्त गरेका छन् । दाहालका अनुसार सिन्चुरीको हत्यापछि ग्रेटर सिनसिनाटी र ओहायोका अन्य व्यवसायीमा पनि असुरक्षाको भावना बढेको छ । केही व्यवसायीले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै पसल खोल्नसमेत हिचकिचाउन थालेको उनको वक्तव्यमा उल्लेख छ । दाहालले अनुसन्धानमा फेयरफिल्ड प्रहरीले गरेको प्रयासप्रति नेपालीभाषी भुटानी समुदायका तर्फबाट धन्यवाद दिएका छन् । स्थानीय, राज्य र संघीय सुरक्षा निकायसँग सहकार्य गर्न समुदाय तयार रहेको पनि उनले बताएका छन् । सिन्चुरीको हत्यापछि परिवार, आफन्त र समुदायका सदस्यले निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन् । अक्टोबर २३ मा आयोजित श्रद्धाञ्जली सभामा सयौँ मानिस सहभागी भएका थिए । सहभागीहरूले सिन्चुरीको सामाजिक योगदानको स्मरण गर्दै न्यायको माग गरेका थिए । एक जना संदिग्ध पक्राउ परेसँगै अनुसन्धानमा प्रगति भए पनि अर्का संदिग्धको खोजी जारी छ । पक्राउ परेका इड्रोगो–आरियासलाई ओहायो ल्याउने प्रक्रिया अघि बढिरहेका बेला पीडित परिवार र समुदायले न्यायको प्रतीक्षा गरिरहेका छन् । स्रोत: Local 12 (WKRC), फेयरफिल्ड प्रहरीसम्बन्धी प्रकाशित बिज्ञाप्ति,स्थानिया भूटानी समुदयसगको कुराकानी, WLWT र FOX19।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, जुट्ला बहुमत ?
Latest NewsJust now

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, जुट्ला बहुमत ?

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् । सभामुख... ...

रातोपाटी
छठको दोस्रो दिनः आज ‘खरना'
Latest NewsJust now

छठको दोस्रो दिनः आज ‘खरना'

केही वर्ष पहिलेसम्म मधेसी हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत ...

हाम्राकुरा
बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सवारी सञ्चालनमा समयसीमा
Latest NewsJust now

बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सवारी सञ्चालनमा समयसीमा

• काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्र सञ्चालन गर्न पाइनेछ। • सवारी दुर्घटना न्यूनीकरणका लागि प्रशासनले नयाँ समयतालिका र कडाइका साथ जाँचको व्यवस्था गरेको छ। • सडकको साँघुरोपन, चालकको लापरबाही र मादक पदार्थ सेवनका कारण दुर्घटनाको जोखिम बढेको बताइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play