Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा
Photo / Coverage: केन्द्रबिन्दु

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो । अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ । यसैबीच पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । आज बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो । कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा चारपाङ्ग्रे साना तथा ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुस्ताङमा प्राचीन मौलिकता झल्कने गरी फल्चा निर्माण
Latest NewsJust now

मुस्ताङमा प्राचीन मौलिकता झल्कने गरी फल्चा निर्माण

हरिकृष्ण शर्मामुस्ताङ (मुक्तिनाथ), कात्तिक २६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४,मा पर्यटन प्रवर्द्धनका लागि प्राचीन मौलिकता झल्कने गरी फल्चा (विश्राम स्थल) निर्माण गरिएको छ । मुस... ...

गोरखापत्र
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
Latest NewsJust now

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ । छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न... ...

रातोपाटी
गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मतमा जुट्यो मौलापुर नगरपालिका
Latest NewsJust now

गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मतमा जुट्यो मौलापुर नगरपालिका

रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहटको गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मत तथा निर्माण कार्य मौलापुर नगरपालिकाले सुरु गरेको छ । संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय महत्वको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि सम्बन्धित... ...

रातोपाटी
भीमफेदीमा ईभी दुर्घटना : छठ मनाउन जाँदै थिए यात्रु, मृतक १० मध्ये चालक र एक यात्रुको पहिचान
Latest NewsJust now

भीमफेदीमा ईभी दुर्घटना : छठ मनाउन जाँदै थिए यात्रु, मृतक १० मध्ये चालक र एक यात्रुको पहिचान

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकरकुमार मण्डल र सर्लाही चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरटोल बस्ने सुवेक यादवको पहिचान खुलेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्यको पहिचान खुल्न बाँकी छ । ललितपुरको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play