Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा ब्राउन सुगरसहित चार जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

झापा । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद रु १३ लाख ३९ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इरानमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु, ८६५ जना बिरामी
Latest NewsJust now

इरानमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु, ८६५ जना बिरामी

एजेन्सी– इरानमा गुणस्तरहीन तथा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ८६५ जना बिरामी परेका छन् । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ३१ यता देशका विभिन्न क्षेत्रमा विषाक्त मदिरा सेवनबाट प्रभावित भएका व्यक्तिहरू उपचारका लागि अस्पताल पुगेका हुन् । सबैभन्दा बढी होर्मोजगान प्रदेशमा १० जनाको मृत्यु भएको छ । यस्तै, खोरासान […] ...

काठमाण्डुपाटी
विश्व श्रम बजारमा बढेको पहुँचसँगै नेपालमा हुण्डीको अवैध कारोबार बढिरहेको राष्ट्र बैंकको निष्कर्ष
Latest NewsJust now

विश्व श्रम बजारमा बढेको पहुँचसँगै नेपालमा हुण्डीको अवैध कारोबार बढिरहेको राष्ट्र बैंकको निष्कर्ष

• नेपालमा हुण्डीको अवैध कारोबार विश्व श्रम बजारमा नेपाली कामदारको पहुँच बढेसँगै वृद्धि भएको छ। • राष्ट्र बैंकको रिपोर्टले हुण्डी कारोबारलाई अनौपचारिक र प्रायः गैरकानुनी आर्थिक गतिविधिको रूपमा प्रस्तुत गरेको छ। • रिपोर्टमा ८४ प्रतिशत संलग्न व्यक्ति पुरुष र ६५.५ प्रतिशत २५ देखि ४४ वर्ष उमेर समूहका रहेको उल्लेख गरिएको छ। ...

नेपालबहस
बालुवा–गिट्टी कुटेर बाल्यकाल बिताएको झुप्रा खोलामा शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
Latest NewsJust now

बालुवा–गिट्टी कुटेर बाल्यकाल बिताएको झुप्रा खोलामा शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी

काठमाडौँ। बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आफ्नै जन्मभूमि झुप्रा खोलामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छिन्। शनिबार बेलुका आफ्नो बाल्यकालका पीडा, अभाव र सङ्घर्षसँग जोडिएको बस्तीमा पुगेर मन्त्री बादीले स्थानीय समुदायले भोगिरहेका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराएकी हुन्। कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको ...

लुम्बिनी सञ्चार
बिर्तामोडमा लागूऔषध र साढे १३ लाख नगदसहित महिला पक्राउ
Latest NewsJust now

बिर्तामोडमा लागूऔषध र साढे १३ लाख नगदसहित महिला पक्राउ

ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–५ जिराइँ टोलमा कोठा भाडामा बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी पक्राउ परेकी हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement