काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको छ । सुदूरपश्चिमले जनकपुरलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले सर्वाधिक २७ रन बनाए । उनले २८ बलमा १ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । जनकपुरका हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । राहुल यादवले एक विकेट हात पारे ।
जनकपुरलाई सुदूरपश्चिमले दियो १२१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






