Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठ पूजाको पूर्वसन्ध्यामा झिलिमिली बन्यो नारायणी नदी किनार

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पूजाको पूर्वसन्ध्यामा झिलिमिली बन्यो नारायणी नदी किनार
Photo / Coverage: हिमालय टाइम्स

भरतपुर । भोलि मनाइने छठ पर्वको पूर्वसन्ध्यामा चितवनको भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बत्तीले सजिएको छ। छठ पूजाका लागि निर्माण गरिएका घाट, टेन्ट र आकर्षक बत्तीले नदी किनारको दृश्य मनमोहक बनेको छ। छठ पूजाको तयारीस्वरूप घाट सजाउने, टेन्ट टाँग्ने, बत्ती जडान गर्ने तथा सरसफाइ र व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ। पूजाको पूर्वसन्ध्यामा श्रद्धालुहरूको चहलपहलसमेत बढेको छ। तराई सेवा समितिको आयोजनामा हुने छठ पूजाका लागि नदी किनारमा विभिन्न तयारी गरिएको छ। पूजास्थललाई आकर्षक बनाउन झिलिमिली बत्ती जडान गरिएको छ भने श्रद्धालुहरूको सुविधाका लागि टेन्टलगायत आवश्यक व्यवस्था मिलाइएको छ। तराई सेवा समितिका सल्लाहकार राजकुमार शाहका अनुसार यस वर्ष छठ पूजामा हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। व्रतालु तथा श्रद्धालुहरू भोलि दिउँसोदेखि नै पूजाका लागि घाटमा पुग्नेछन्। “छठ पर्व अब तराई समुदायको मात्रै रहेन, सम्पूर्ण नेपालीकै साझा पर्व बनिसकेको छ,” शाहले भने। पूजालाई व्यवस्थित र सुरक्षित बनाउन समितिले सुरक्षागार्ड परिचालन गर्नुका साथै प्रहरी प्रशासनसँग समन्वय गरेको छ। रातिको समयमा चार जना सुरक्षागार्ड खटाइएको र भोलि निजी सुरक्षागार्डसँगै प्रहरीसमेत परिचालन गरिने शाहले जानकारी दिए। श्रद्धालुका लागि चिया तथा स्वास्थ्य सेवाको व्यवस्था पनि गरिनेछ। यस वर्ष बाढीका कारण नारायणी नदी किनारका संरचनामा क्षति पुगेकाले तयारीमा केही चुनौती थपिएको थियो। महानगरपालिकाको सहयोगमा जेसीबी प्रयोग गरी घाट क्षेत्र सम्याइएको शाहले बताए। तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक
Latest NewsJust now

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक

उनले ४३ बलमा छ छक्का र एक चौकासहित ६४ रन बनाए । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन बनाए । ...

मकालु खबर
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
Latest NewsJust now

पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन

• ताप्लेजुङको पाथीभरामा शनिबार ११,२७२ भक्तजनले दर्शन गरेका छन्, जबकि शुक्रबार ३,६२३ जना आएका थिए। • भक्तजनहरू नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि पाथीभरामा दर्शन गर्न आइरहेका छन्। • पाथीभरा समुद्री सतहदेखि ३,७९४ मिटरको उचाइमा रहेको धार्मिकस्थलमा दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिएको छ। ...

नेपालबहस
छठ पर्व मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल
Latest NewsJust now

छठ पर्व मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले आस्था, विश्वास र सद्भावको पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वका क्रममा हुन सक्ने आगलागी, मानवीय तथा भौतिक क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले छठ पर्वका अवसरमा पटका, आतिसबाजीजस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको ...

केन्द्रबिन्दु
मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने
Latest NewsJust now

मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

• रास्वपा सभापति रवि लामिछानेले सांसदहरुलाई जनताको सेवक बन्न निर्देशन दिएका छन्। • उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन ल्याउन र जनताको अपेक्षाअनुसार काम गर्न सुझाव दिए। • टिकटको लागि आर्थिक लेनदेन नगर्न आग्रह गर्दै, पार्टीले यस्तो गतिविधिमा संलग्नलाई उजुरी दिन पनि भनेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play