Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । चीनले दुर्लभ खनिजको निर्यातलाई थप दुई महिना नियन्‍त्रण नगर्ने भएको छ । चीनले अप्रिल २०२५ मा केही दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण सुरु गरेको थियो । सोही वर्षको अक्टोबरमा यसको दायरा अझ फराकिलो बनाउँदै औद्योगिक प्रयोजनका हिरा र लथियम ब्याट्री प्रविधिमाथि नयाँ नियन्त्रणहरू थपेको थियो। गत नोभेम्बरमा दक्षिण कोरियामा भएको सी र ट्रम्पबीचको शिखर सम्मेलनपछि यी नियन्‍त्रणहरुलाई एक वर्षका लागि स्थगन गरिएको थियो। वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त वक्तव्यमा उक्त स्थगन आगामी जनवरी १० सम्म दुई महिनाका लागि लम्ब्याइएको जनाएको छ। मन्त्रालयले यसबाहेक अन्य कुनै पनि विस्तृत विवरण भने दिएको छैन। राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प यसै महिनाको अन्त्यमा दक्षिण चीनको सेन्जेनमा हुने एपेक (शिखर सम्मेलनमा सहभागी हुन जाँदैछन्, जहाँ उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
झिनिया आम्दानीको स्रोत
Latest NewsJust now

झिनिया आम्दानीको स्रोत

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन्। नले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन्। छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उनले बताइन्। ‘दशैँ तिहारमा करिब तीनदेखि चार लाखसम्मका झिनिया बिक्री हुन्छ,’ उनले भनिन्, ‘तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ। उत्पादित झिनिया ...

नेपालन्युज
घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, राजमार्ग सञ्चालनमा
Latest NewsJust now

घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, राजमार्ग सञ्चालनमा

शालिग्राम नेपालचितवन, कात्तिक २४ गते। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका –४ घोप्टेभिरमा फेरि सुख्खा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक केही बेरअघि सञ्चालनमा आ... ...

गोरखापत्र
मध्यावधि चुनावमा पराजयपछि ट्रम्पद्वारा धाँधलीको आरोप
Latest NewsJust now

मध्यावधि चुनावमा पराजयपछि ट्रम्पद्वारा धाँधलीको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो रिपब्लिकन पार्टी पराजित हुँदै डेमोक्रेटहरूले संसद्का दुवै सदनमा फराकिलो जित हासिल गरेपछि चुनावी धाँधलीको आरोप दोहोर्‍याएका छन् । चुनावी नतिजालाई सुरुमा स्वीकार गरेका उनले सोमबार कुनै प्रमाणबिना निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् । “के यो चुनाव इमानदार थियो भनेर कसैले विश्वास गर्छ ? मतसर्वेक्षणहरू कसरी यति धेरै गलत हुन सक्छ ?’ ट्रम्पले ...

केन्द्रबिन्दु
गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै
Latest NewsJust now

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play