Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

चारवटा हिमतालको पानीको सतह घटाउने योजनाको काम कसरी अगाडि बढ्दैछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
चारवटा हिमतालको पानीको सतह घटाउने योजनाको काम कसरी अगाडि बढ्दैछ
Photo / Coverage: बीबीसी नेपाली

सरकारले तल्लोतटीय क्षेत्रमा बाढीको जोखिम घटाउन चारवटा हिमतालको पानीको सतह घटाउने योजना कार्यान्वयनका लागि अहिले प्रारम्भिक कार्यशाला गर्ने र प्रतिवेदन बनाउने गरी काम सुरु गरिने जनाएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जिव बरालले सम्झौता भइसकेको सात वर्षे यो आयोजनाको नमुना के गर्ने भन्ने विषयलाई अन्तिम रूप दिएर कार्यान्वयनमा लगिने बताएका हुन्।"सुरुमा सर्भे डिजाइनहरू हुनुपर्‍यो र यसलाई रिडिजाइन गरेर स्वीकृत गराएपछि पानीको सतह घटाउने काम गर्न त दुई वर्षजति लाग्छ होला," उनले भने।"पहिला त टेन्डर गरेर प्रोक्युरमेन्ट प्रक्रियामा जानुपर्‍यो। त्यसका लागि पनि समय लाग्छ अनि कार्यान्वयनमा जान्छौँ।" हिमनदी र हिमताल विस्फोट भएर उत्पन्न हुने विपद्‌बाट कसरी जोगिनेरसुवामा 'फुट्ने जोखिम' मा रहेको भनिएको नयाँ हिमतालबारे हामीलाई के थाहा छ नेपालले सन् २०२६ मा सुरु गरेर सन् २०३३ सम्ममा मनाङ, सोलुखुम्बु र संखुवासभाका चारवटा हिमतालको पानीको सतह घटाउने 'सञ्जीवनी ग्लोफ' आयोजना अघि बढाएको हो।हिमताल फुटेर एक्कासी आउने बाढीलाई 'ग्लेसियल लेक आउटबर्स्ट फ्लड' अर्थात् ग्लोफ भनिन्छ।तालको पानी घटाउने प्रक्रिया कस्तो हुन्छ?उक्त योजनाअन्तर्गत मनाङ जिल्लाको ठुलागी, संखुवासभाको लोअर बरूण, सोलुखुम्बुका लम्दिङ र होंगु-२ हिमताल रहेको र ती हिमतालका पानीको सतह घटाइने अधिकारीहरूले बताएका छन्।यी चार हिमतालमध्ये होंगु-२ को एक मिटर र बाँकीको करिब ३ मिटर पानीको सतह घटाउने योजना रहे पनि अध्ययन गर्दै जाँदा त्यसमा केही तलमाथि हुनसक्ने अधिकारीहरूले बताएका हुन्।यी हिमतालको पानीको सतह घटाउनका लागि ग्रीनप्लानेट फण्ड अर्थात् हरित जलवायु कोषले ३६ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको थियो भने बाँकी करिब १४ मिलियन डलर नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले खर्च गर्ने जनाइएको छ।हिमतालबाट हुनसक्ने बाढीको जोखिम न्यूनिकरण, मौसम पूर्वानुमानमा सुधार र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्‍याउने कार्यक्रम समेतलाई यो योजनाले समेट्ने कार्यकारी निर्देशक बरालले बताए। नेपालमा जोखिममा रहेका हिमतालकै सङ्ख्या २३ रहेको र त्यसमध्ये दुईवटा तालको पानीको सतह विगतमा घटाइएको थियो भने अब चारवटा घटाउन लागिएको हो।नेपालमा यसअघि सन् २००० मा च्छो-रोल्पा र सन् २०१६ मा इम्जा हिमतालको पानीको सतह घटाइएको थियो। च्छो रोल्पा र इम्जा हिमतालको पानीको सतह ३ मिटर र ३.४ मिटर घटाइएको थियो। ती तालहरूको सतह घटाएर जोखिम कम हुने भए पनि हिमतालबारे पूर्वसूचना प्रणालीलगायत तल्लोतटीय क्षेत्रमा पर्ने असर जस्ता कुराहरूमा पनि उत्तिकै जोड दिनुपर्ने विज्ञहरूले बताएका छन्।सन् २००० मा च्छो-रोल्पा हिमतालको पानीको सतह घटाएर त्यसले सन् २०१५ मा विनाशकारी भूकम्प जाँदा असर नगरेको ठानिएको एक हिमनदी विज्ञले बताएका छन्।हिमनदी विज्ञ तथा काठमाण्डू विश्वविद्यालयका सिनिअर भिजिटिङ प्रोफेसर रिजनभक्त कायस्थले पानीको सतह घटाउने भनिएका चार हिमतालमध्ये पहुँचका हिसाबले सोलुखुम्बुका लुम्दिङ च्छो र होंगु-२ हिमतालमा काम गर्न अलि चुनौतीपूर्ण हुनसक्ने बताएका छन्।"मनाङको ठुलागी हिमतालमा पहुँच सजिलै छ। त्यहाँ बाटो पनि छ। मानिसहरू पनि गइरहेकै हो। लोअर बरूण पनि ठिकै हो। त्यहाँ ट्रेकिङ वा माउन्टेनियरिङका लागि रूट नै छन्। तर लिम्दिङ र होंगु-२ मा चाहिँ रूटहरू छैन," उनले भने।"त्यहाँ उचाइ पनि धेरै छ र लुम्दिङ च्छो हिमताल भिरमा पर्छ।"यी तालहरूबाट पानी घटाउँदा भोलि हिमनदी विस्फोट भएर बाढी आइहाले पनि क्षति कम होस् भन्ने उद्देश्यले तीन मिटर सुझाइएको हिमनदी विज्ञ कायस्थले बताए। "यसरी ती हिमतालको पानीको सतह कम गर्दा अलिकतिमात्रै जोखिम कम हुन्छ। त्योसँगै यो पूर्वसूचना प्रणाली पनि दह्रोसँग अगाडि बढाउनुपर्ने हुन्छ।"यी तालहरूको पानी पहिलादेखि नै घटाउनुपर्ने भए पनि निकै धेरै खर्च लाग्ने यी आयोजनाका लागि आर्थिक कठिनाइ रहेको उनले बताए। https://www.bbc.com/nepali/articles/c4g5p7yx324ohttps://www.bbc.com/nepali/watch/cq3djzrnj5m1o विगतमा दुईवटा तालको पानीको सतह घटाउँदाको अनुभवसहितका आधारमा अब काम गरिने जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।"विगतका अनुभवहरू पनि समीक्षा गरेर सिकेका पाठका आधारमा अबका दिनमा कार्यान्वयन अझ प्रभावकारी गर्छौँ भन्ने विश्वास छ," केन्द्रका कार्यकारी निर्देशक बरालले भने।"हालैका विपद्‌का घटना (भोटेकोशी र बुढीगण्डकी नदीमा आएका बाढी)बाट पनि पाठ भएको छ। कस्ता किसिमका पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ, बाढीसँगै आएका डेब्रीको असर के हुन्छ, हिउँ चट्टानका कुराले पनि पाठ भएको छ। यो बीचमा प्रविधिमा धेरै परिवर्तन आइसकेको छ। प्रविधिलाई इन्कर्पोरेट गरेर कामहरू गरिन्छ।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा
Latest NewsJust now

चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा

कसिलो बलिङपछि सुदूरपश्चिमले १२९ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्दै चार खेलमा दोस्रो जित निकाल्यो र तेस्रो स्थानमा उक्लियो। ...

कान्तिपुर
इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
Latest NewsJust now

इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ। इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए। लाइभ लका अनुसार अदालतले अभिनेता खानलाई भविष्यमा हुने कुनै पनि विरोध प्रदर्शनमा भाग नलिने शपथपत्र पेस गर्न पनि आदेश दिएको छ। अदालतले अभिनेता विरु... ...

नेपालखबर
डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय
Latest NewsJust now

डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाउनुभएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राख्नुभएका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उहाँले उठाउनुभएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी कार्यक्रम ...

कर्पोरट खबर
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play