Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

घोषणापत्रमा लेखेका कुरा अब व्यवहारमै उतार्छौँ : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोषणापत्रमा लेखेका कुरा अब व्यवहारमै उतार्छौँ : रवि लामिछाने
Photo / Coverage: पर्दाफास

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सीमित भएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन् । जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने उनको भनाइ छ । सोमबार जनकपुरधाममा पार्टीका सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताए । घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिबद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले मधेस र सिङ्गो देशका समस्या प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले मधेससहित सिङ्गो देशका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताका आधारमा नीतिगत सुधार गर्नेछ । नयाँ कानून निर्माण, विद्यमान कानूनको परिमार्जन र नागरिकका हकअधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । घोषणापत्रका प्रतिवद्धतालाई व्यवहारमा उतार्ने यात्रा शुरु भइसकेको छ । चुनौती आए पनि सम्हालिँदै अघि बढ्छौँ,’ लामिछानेले भने । पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै उनले काम गर्ने क्रममा कमजोरी भए सच्याएर अघि बढ्ने बताए । यसैगरी लामिछानेले संघीय शासन व्यवस्थाभित्र प्रदेश संरचनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताए । प्रदेश संरचनालाई बलियो बनाउने विषयमा रास्वपाले विगतदेखि नै धारणा राख्दै आए पनि त्यसबापत विभिन्न आक्षेप खेप्नुपरेको उनको भनाइ छ । प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, प्रदेशको भूमिका थप स्पष्ट बनाउने र स्थानीय तहलाई नागरिकका आवश्यकताअनुसार अधिकारसम्पन्न बनाउने विषयमा छलफल अघि बढाइने उनले बताए । प्रदेश संरचनाको सुधार र पुनरावलोकनको विषय उठाउँदा अनावश्यक रूपमा तर्सिने वा त्यसको गलत अर्थ लगाउने प्रवृत्ति रहेको भन्दै लामिछानेले यस्ता बहसबाट पछि हट्न नहुने धारणा राखे । ‘अब प्रदेश संरचनालाई कसरी मजबुत बनाउने, त्यसलाई जनताको जीविकासँग कसरी जोड्ने र स्थानीय तहलाई थप अधिकारसम्पन्न कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक छ । प्रदेश सरकारहरूलाई स्थिर र प्रभावकारी बनाउँदै संघीय संरचनामा आवश्यक सुधार गर्नुपर्छ । यी विषयमा हुने बहसलाई गलत अर्थमा बुझ्नु हुँदैन । रास्वपाले सबै राजनीतिक दल र शक्तिसँग संवाद तथा सहकार्य गर्दै सहमतिका आधारमा यो बहस चाँडै अघि बढाउनेछ,’ उनले भने । लामिछानेले रास्वपाले यस विषयमा छिट्टै राष्ट्रिय बहस सुरु गर्ने र अन्य राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य गर्दै सहमतिका आधारमा अघि बढ्ने बताए । उनले जनताले रास्वपालाई दिएको मतलाई निर्विकल्प जिम्मेवारीका रूपमा व्याख्या गर्दै आवश्यकता र प्राथमिकता पहिचान गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस विधान : सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक
OthersJust now

कांग्रेस विधान : सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक

१५औं महाधिवेशनबाट विधान संशोधन गर्दै कांग्रेसले केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था गरेको हो । ...

अनलाइन खबर
देउवा समूहद्वारा मुस्लिम संघको अध्यक्षमा मीनहाज खान
OthersJust now

देउवा समूहद्वारा मुस्लिम संघको अध्यक्षमा मीनहाज खान

देउवा समूहले मुस्लिम संघको समानान्तर समिति बनाउन काठमाडौं महानगरपालिका–९ का मिनहाज खानलाई अध्यक्षमा मनोनीत गरेको छ । ...

अनलाइन खबर
बक्स अफिस : कछुवाको गतिमा ‘कबड्डी’को कमाइ, एक हप्तामा ५४ लाख मात्र
OthersJust now

बक्स अफिस : कछुवाको गतिमा ‘कबड्डी’को कमाइ, एक हप्तामा ५४ लाख मात्र

‘रामायण’ले सिनेमा घरहरू हराभरा भइरहँदा नेपाली फिल्महरूको भने कारोबार ह्वात्तै घटेको छ । दसैं र तिहारको मौका छोपेर प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मको व्यापार कछुवाको गतिमा छ । जस्तो, ‘कबड्डी ५– आफ्टर द फाइनल म्याच’को कुरा गरौँ । यो फिल्मले सुरुवाती हप्ता तहल्कै मच्चाएको थियो । आक्रामक सुरुवात गर्दै उसले पहिलो हप्ता १०… ...

अनलाइन खबर
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता
OthersJust now

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले तीन जनाको घटनास्थलमै मृत्यु भएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play