कैलाली । कैलालीमा घुस रकम अस्वीकार गर्दै घुस दिन खोज्ने सवारी चालकलाई नियन्त्रणमा लिने दुई जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले प्रहरी जवान राजेन्द्र चन्द र सहायक हवलदार केशवबहादुर बोहरालाई पुरस्कृत गरेका हुन्। सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीस्वरूप चिट काट्न खोज्दा उनीहरूले ट्राफिक प्रहरीलाई घुस दिन खोजेका थिए। तर, दुवै प्रहरीले घुस रकम अस्वीकार गर्दै चालकलाई नियन्त्रणमा लिएका थिए। हालै धनगढीमा भएको उक्त घटनामा चालकले १५० र २०० रुपैयाँ घुस दिन खोजेको बताइएको छ। प्रहरी निरीक्षक आचार्यका अनुसार दुवै प्रहरीलाई नगद पुरस्कारसहित प्रहरीको अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको हो।
घुस नलिने ट्राफिक प्रहरीलाई नगद पुरस्कारसहित सम्मान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






