Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

गेन्द्र लामा युरोपमा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’बाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
गेन्द्र लामा युरोपमा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’बाट सम्मानित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । शिक्षा क्षेत्रमा दुई दशकदेखि निरन्तर क्रियाशील शिक्षासेवी तथा शैक्षिक उद्यमी गेन्द्र लामा युरोपमा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। कलेज रिडर्सको आयोजनामा नोभेम्बर ४, २०२६ मा बेल्जियमको राजधानी ब्रसेल्सस्थित डबलट्री बाई हिल्टन ब्रसेल्स सिटीमा आयोजित ‘नेपाल एजुकेसन अवार्ड्स युरोप २०२६’ समारोहमा लामालाई उक्त सम्मान प्रदान गरिएको हो। शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदान, दूरदर्शी शैक्षिक नेतृत्व, संस्थागत विकास, शैक्षिक उद्यमशीलता तथा विद्यार्थीको सर्वाङ्गीण विकासप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ। सामान्य शिक्षकदेखि सफल शैक्षिक नेतृत्वसम्म मकवानपुरको राक्सिराङ क्षेत्रमा जन्मिएका लामाले करिब दुई दशकअघि एक सामान्य शिक्षकका रूपमा आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरेका थिए। शिक्षण पेसाबाट सुरु भएको उनको यात्रा विभिन्न चुनौती, संघर्ष, आरोह–अवरोह र अनुभवहरू पार गर्दै आज हजारौँ विद्यार्थीको भविष्य निर्माणसँग जोडिएका शैक्षिक संस्थाहरूको नेतृत्वसम्म आइपुगेको छ। शिक्षा क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका लामाको सफलताको आधार साहस, धैर्यता, कडा परिश्रम, निरन्तरता, सकारात्मक सोच, सफल सामूहिक कार्यसंस्कृति तथा स्पष्ट दीर्घकालीन दृष्टिकोण रहेको छ। विभिन्न परिस्थितिमा अनेकौँ चुनौती सामना गर्नुपरे पनि लक्ष्यप्रतिको दृढ विश्वास र कहिल्यै हार नमान्ने स्वभावले उनलाई शैक्षिक नेतृत्वको यात्रामा निरन्तर अघि बढ्न प्रेरित गरेको छ। उनको शैक्षिक यात्राले सामान्य शिक्षकका रूपमा पेसा सुरु गर्ने व्यक्तिले पनि स्पष्ट दृष्टिकोण, निरन्तर मेहनत र सक्षम टोलीको सहकार्यबाट संस्थागत नेतृत्वमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ भन्ने सन्देश दिएको छ। करिब पाँच हजार विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको नेतृत्व हाल लामा मनास्लु टिम अफ इन्टरप्रेनर्स प्रालिका संस्थापक अध्यक्षका रूपमा कार्यरत छन्। उनले कम्पनीअन्तर्गत सञ्चालित तथा आबद्ध विभिन्न शैक्षिक संस्थाहरूको नेतृत्व गर्दै आएका छन्। उनी मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष, मनास्लु वर्ल्ड स्कुलका प्रिन्सिपल तथा कुमारी आवासीय माध्यमिक विद्यालय (केईबीएस स्कुल/कलेज) का अध्यक्षसमेत हुन्। यी शैक्षिक संस्थाहरूमा अध्ययनरत करिब पाँच हजार विद्यार्थीको शैक्षिक विकास र भविष्य निर्माणसँग जोडिएको संस्थागत नेतृत्व तथा व्यवस्थापनमा उनको सक्रिय भूमिका रहेको छ। लामाले शैक्षिक संस्थाहरूको भौतिक तथा संस्थागत विकाससँगै गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति निर्माण, प्रभावकारी व्यवस्थापन, विद्यार्थीको प्रतिभा पहिचान तथा नेतृत्व क्षमताको विकासलाई प्राथमिकतामा राख्दै आएका छन्। संस्थागत सफलतालाई कुनै एक व्यक्तिको उपलब्धिभन्दा पनि सक्षम नेतृत्व, सामूहिक प्रयास, आपसी विश्वास र प्रभावकारी टिमवर्कको परिणामका रूपमा हेर्ने उनको दृष्टिकोण छ। प्रमाणपत्रमुखी होइन, जीवनोपयोगी शिक्षामा जोड लामाको शैक्षिक नेतृत्वको प्रमुख विशेषता शिक्षालाई परम्परागत पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्र प्राप्त गर्ने माध्यममा मात्र सीमित नराख्नु हो। उनले विगत लामो समयदेखि शिक्षालाई फरक ढंगले प्रस्तुत गर्दै विद्यार्थीको बौद्धिक, शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा नैतिक विकासलाई उत्तिकै महत्त्व दिँदै आएका छन्। विद्यार्थीले औपचारिक शैक्षिक योग्यता हासिल गर्नुका साथै आत्मनिर्भर, आत्मविश्वासी, स्वावलम्बी, सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बन्न सक्नुपर्ने उनको मान्यता छ। ‘ज्ञान, सीप र संस्कार’ लाई शिक्षाको आधारभूत स्तम्भका रूपमा अघि सार्दै उनले शैक्षिक संस्थाहरूमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, नेतृत्व विकास, व्यक्तित्व निर्माण, खेलकुद, कला, संस्कृति, सामाजिक उत्तरदायित्व तथा जीवनोपयोगी शिक्षालाई जोड दिँदै आएका छन्। ‘हामी किताब मात्र पढाउँदैनौँ, जीवन जिउने कला सिकाउँछौँ’ भन्ने शैक्षिक दर्शन र ‘एक विद्यार्थी, एक सीप’ भन्ने अवधारणालाई उनले आफ्नो शैक्षिक अभियानको महत्त्वपूर्ण आधार बनाएका छन्। उनको दृष्टिकोणमा शिक्षाको वास्तविक सफलता विद्यार्थीले परीक्षामा प्राप्त गर्ने अंकमा मात्र नभई जीवनमा सामना गर्नुपर्ने चुनौतीको समाधान गर्ने क्षमता, आत्मविश्वास, नैतिक चरित्र, व्यावहारिक दक्षता र समाजप्रतिको जिम्मेवारीमा समेत प्रतिबिम्बित हुनुपर्छ। लगातार दोस्रो वर्ष युरोपमा शैक्षिक सम्मान लामाले यसअघि सन् २०२५ अक्टोबर १४ मा बेलायतको लन्डनस्थित युनिभर्सिटी अफ ग्रिनविचमा आयोजित ‘नेपाल एजुकेसन अवार्ड्स यूके २०२५’ मा ‘बेस्ट एक्जिक्युटिभ चेयरम्यान अफ द इयर २०२५’ सम्मान प्राप्त गरेका थिए। सोही समारोहमा मनास्लु वर्ल्ड कलेजले पनि ‘बेस्ट प्लस टु एकेडेमिक एक्सिलेन्स अवार्ड २०२५’ प्राप्त गरेको थियो। सन् २०२५ मा बेलायत र सन् २०२६ मा बेल्जियममा प्राप्त यी सम्मानले लामाको दुई दशक लामो शैक्षिक यात्रा र नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा थप परिचित गराएको छ। सामूहिक सफलताको प्रतिफल अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि लामाले आफ्नो शैक्षिक यात्रामा साथ दिने सहकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, लगानीकर्ता तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सामूहिक मेहनत, विश्वास, सहकार्य र निरन्तरताको प्रतिफलका रूपमा लिएका छन्। शिक्षालाई केवल रोजगारीका लागि प्रमाणपत्र प्रदान गर्ने प्रणालीमा सीमित नराखी जीवनका चुनौती सामना गर्न सक्ने, आफ्नै क्षमतामा विश्वास गर्ने, आत्मनिर्भर बन्न सक्ने तथा समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक निर्माण गर्ने माध्यम बनाउनुपर्ने उनको मान्यता छ। आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक, प्रविधिमैत्री, सीपमूलक र संस्कारयुक्त शिक्षाको प्रवर्द्धन गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा शैक्षिक संस्थाहरूको दीर्घकालीन विकासमा सक्रिय रहने उनको प्रतिबद्धता छ। एक सामान्य शिक्षकबाट सुरु भएको लामाको दुई दशक लामो यात्रा निरन्तर मेहनत, धैर्यता, सकारात्मक सोच, सफल टिमवर्क र दूरदर्शी नेतृत्वको उदाहरणका रूपमा प्रस्तुत भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युरोपको सङ्कट
Latest NewsJust now

युरोपको सङ्कट

एक शताब्दीअघि मार्क्सले भन्नुभएको थियो, ‘पुँजीवादको विकास जति–जति बढ्छ, त्यसका आन्तरिक विरोधाभास पनि त्यति नै चुलिँदै जान्छन् ।’ आजको युरोप मार्क्सको त्यही विश्लेषणको जीवन्त प्रमाण हो । औद्योगिक क्रान्तिको उद्गम भनेर... ...

रातोपाटी
राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु :  प्रस्तावित न्यायाधीश पाण्डे
Latest NewsJust now

राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु :  प्रस्तावित न्यायाधीश पाण्डे

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन् । शनिबार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा आफ्नो न्यायिक निष्पक्षतामाथि उठेका... ...

रातोपाटी
के खानपान र व्यायामबाट टाइप–२ मधुमेह निको पार्न सकिन्छ ? नयाँ अध्ययनले देखायो यस्तो नतिजा
Latest NewsJust now

के खानपान र व्यायामबाट टाइप–२ मधुमेह निको पार्न सकिन्छ ? नयाँ अध्ययनले देखायो यस्तो नतिजा

चिकित्सा क्षेत्रमा प्रकाशित नयाँ अध्ययनअनुसार, विशेषगरी कम उमेरमै टाइप–२ मधुमेह देखिएका व्यक्तिमा तौल घटाउने र व्यवस्थित व्यायाम गर्ने कार्यक्रम प्रभावकारी हुन सक्छ । तर यसका लागि निकै कडा खानपान र... ...

रातोपाटी
सुनुवाइ समितिमा कांग्रेस सांसद केसीले उठाए ५२ पदाधिकारीको मुद्दा, सर्वोच्चले किन ढिलाइ गरेको हो ?
Latest NewsJust now

सुनुवाइ समितिमा कांग्रेस सांसद केसीले उठाए ५२ पदाधिकारीको मुद्दा, सर्वोच्चले किन ढिलाइ गरेको हो ?

• सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा न्यायाधीशहरूको सुनुवाइमा न्यायिक ढिलासुस्तीको बारेमा प्रश्न उठाए। • उनले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले साढे चार वर्षसम्म निर्णय नगर्नु न्यायिक विश्वसनीयतामाथि प्रश्न खडा गर्ने बताए। • सांसद वर्षमान पुनले प्रस्तावित न्यायाधीशसँग पाण्डेकी श्रीमतीको मुद्दामा स्वार्थको द्वन्द्वको विषयमा स्पष्ट जवाफ मागे। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play