Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गुन्डुमा गगन थापा र केपी ओलीबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुन्डुमा गगन थापा र केपी ओलीबीच भेटवार्ता
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली निवास गुन्डुमा मंगलबार साँझ भएको भेटघाटमा मधेस प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ । यस्तै, उनीहरुबीच समसामयिक विषय, सरकारको कार्यशैली र विकसित घटनाक्रमबारे छलफल भएको बताएको छ । मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । तर एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन गत असोज २५ गते फिर्ता लिएको थियो । १०७ सदस्यीय मधेश प्रदेशमा जनता समाजवादी पार्टीका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
OthersJust now

ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका

केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् । ...

अनलाइन खबर
मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन
OthersJust now

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली , सर्केगाड, अदानचुली र मुगुको सोरु गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ। ...

अनलाइन खबर
प्रश्न हराएको समाज
OthersJust now

प्रश्न हराएको समाज

मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। तर, अहिले हाम्रो समाजमा प्रश्नहरू गहिरो चिरनिद्रामा छन्। समाज मसानघाटको भिडमा देखिने मुर्दा शान्तिजस्तै मौन छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play