Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छ : अञ्जन श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छ : अञ्जन श्रेष्ठ
Photo / Coverage: पर्दाफास

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको बताउँदै करको भार घटाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर तथा आर्थिक वृद्धिसम्बन्धी तथ्यांकले अर्थतन्त्रमा करको भार बढी रहेको बताएका हुन् । उनका अनुसार नेपालको कर-कुल गार्हस्थ्य उत्पादन (ट्याक्स टु जिडिपी) अनुपात २१ प्रतिशत पुगेको छ । समग्र कर भुक्तानीको तुलनामा पनि नेपाली करदाताले क्षेत्रीय स्तरमा उच्च कर भार वहन गरिरहेको उनको भनाइ छ । नेपालको जिडिपी वृद्धिदर दक्षिण एसियामै न्यून र कर वृद्धिदर उच्च हुनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको उनले बताए । यस अवस्थाको जिम्मेवारी वर्तमान सरकारलाई मात्र दिन नमिल्ने उल्लेख गर्दै उनले विगतका सरकार तथा समग्र नेपाली समाजले यसको जिम्मेवारी लिनुपर्ने बताए। व्यवसायीले करको भार बढी भएको महसुस गरिरहेको भन्दै श्रेष्ठले अर्थमन्त्रीलाई करका दर घटाउने दिशामा अघि बढ्न आग्रह गरे । व्यवसाय सञ्चालनको लागत (कस्ट अफ डुइङ बिजनेस) घटाउने विषयलाई प्राथमिकतामा राखेर आर्थिक नीति अघि बढाउनुपर्ने उनको सुझाव छ । नयाँ सरकार गठन भएपछि केही सकारात्मक प्रयास र नीतिगत पहल भएको पनि उनले उल्लेख गरे । सरकार गठन भएको छोटो समयमै तयारी गरेर ल्याइएको चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर दरमा कटौती, भन्सार दरमा कटौती, उधारो असुली, बौद्धिक सम्पती संरक्षण, सीमित दायित्वको साझेदारीसम्बन्धी कानुन तथा सनसेट कानून निर्माणलगायतका दूरगामी महत्त्वका घोषणा हुनु सकारात्मक रहेको उनले बताए । त्यस्तै, निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सरकारले अघि सारेको निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति (पीआईपीएस) लाई पनि स्वागतयोग्य कदम बताउँदै छिट्टै अब यी कार्यान्वयनमा लैजानुपर्ने बताए । निजी क्षेत्रको संरक्षण, लगानी प्रवर्द्धन र व्यवसाय सञ्चालनको वातावरण सुधार गर्न सरकारले गरेका नीतिगत घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा बताउँदै श्रेष्ठले करको भार कम गर्दै व्यवसाय गर्ने लागत घटाउ नसके लगानी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजी क्षेत्रलाई राजश्व संकलनको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्छः कमलेश अग्रवाल
OthersJust now

निजी क्षेत्रलाई राजश्व संकलनको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्छः कमलेश अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्ने बताएका छन् । कर दिवसका अवसरमा राजधानीमा मंगलवार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई सहभागी नगराई राजस्व वृद्धिको लक्ष्य दीर्घकालीन रूपमा हासिल गर्न नसकिने बताएका हुन् । अग्रवालले मुलुकको अर्थतन्त्र विगत करिब ६ वर्षदेखि कोभिड–१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कमजोर ...

पर्दाफास
घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार
OthersJust now

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो ।… ...

अनलाइन खबर
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति
OthersJust now

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । ...

अनलाइन खबर
अष्ट्रेलियामा नेपालीको ५० वर्ष :  सिड्नीमा विशेष कार्यक्रम हुँदै
OthersJust now

अष्ट्रेलियामा नेपालीको ५० वर्ष : सिड्नीमा विशेष कार्यक्रम हुँदै

सिड्नी । पचास वर्षअघि अष्ट्रेलियाको भूमिमा पाइला टेक्ने नेपालीहरूको संख्या थोरै थियो । भाषा, संस्कृति, भूगोल र जीवनशैली सबै नयाँ थिए । सीमित स्रोतसाधन, अपरिचित समाज र अनेकौँ चुनौतीका बीच उनीहरूले यहाँ आफ्नो भविष्य खोज्न थाले। त्यो समय आजजस्तो नेपाली समुदाय थिएन । न नेपाली पसलहरूको बाक्लो उपस्थिति थियो, न सामुदायिक संस्था, न नेपाली भाषा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play