Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

ओलीको चेतावनी- एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको चेतावनी- एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ
Photo / Coverage: पर्दाफास

नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज उद्घाटन मन्तव्यको क्रममा बोल्दै अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’ आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याए । उनले भने, ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।’ ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताए । राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले बेलाबेला अदालतलबाट संसद सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे । उनले भने, ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संबैधानिक होइन जस्तो गरेको छ । कुनै फैसला गर्दैन ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनमा लिनसक्नुपर्छ : पद्‌मा अर्याल
OthersJust now

एमालेले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनमा लिनसक्नुपर्छ : पद्‌मा अर्याल

२ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । उनले पार्टी शक्ति र पङ्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउनसक्ने राजनीतिक परीक्षण… ...

अनलाइन खबर
ओलीको दाबीमा प्रहरी प्रवक्ताले भने– कसैलाई थुन्ने भनेर बोलेको छैन
OthersJust now

ओलीको दाबीमा प्रहरी प्रवक्ताले भने– कसैलाई थुन्ने भनेर बोलेको छैन

ओलीको यो भनाइपछि अनलाइनखबरले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेसँगे प्रतिक्रिया मागेको थियो । ...

अनलाइन खबर
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
OthersJust now

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ । ...

अनलाइन खबर
रेमिटेन्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने कम्पनी बन्यो आइएमई, सरकारले गर्‍यो सम्मान
OthersJust now

रेमिटेन्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने कम्पनी बन्यो आइएमई, सरकारले गर्‍यो सम्मान

काठमाडौं । रेमिटेन्स तथा मनि ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play