Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक : महानिर्देशक भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक : महानिर्देशक भट्टराई
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताउनुभएको हो । उहाँले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी भविष्यमा आवश्यक पर्ने रिजर्भ एन्टिबायोटिक औषधिहरूलाई जथाभावी प्रयोग नगरी सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ । ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । अभियानले एन्टिबायोटिकको दुरुपयोग रोक्ने, यसको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । महानिर्देशक भट्टराईले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यसँग मात्रै सम्बन्धित विषय नभई पशु स्वास्थ्य र वातावरणसँग समेत जोडिएको बताउनु भयो । त्यसैले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रतिजैविक प्रतिरोध विश्वव्यापी समस्याका रूपमा देखिएकाले नेपालमा पनि विभिन्न सचेतना तथा जनजागरणका कार्यक्रममार्फत सर्वसाधारणलाई यसबारे सुसूचित गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज प्रतिजैविक प्रतिरोध सप्ताहको पहिलो दिन स्वास्थ्य मन्त्रालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, संघ-संस्थाका प्रतिनिधि तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूलाई औषधि व्यवस्था विभाग र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘एक स्वास्थ्य, एक प्रयास : प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको यस सप्ताहको मुख्य उद्देश्य प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौती न्यूनीकरण गर्नु हो । प्रतिजैविक औषधिको दुरुपयोग, अनावश्यक तथा अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै जनस्वास्थ्यको सुरक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य, जनचेतना र औषधिको जिम्मेवार प्रयोगलाई प्रवद्र्धन गर्न आवश्यक छ ।’ बुधवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट शुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभागमा पुगेर समापन भएको थियो । सप्ताहव्यापी कार्यक्रममा विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव
Latest NewsJust now

मासु नखाई पनि शरीरमा आइरन बढाउने पाँच उपाय, पकाउने तरिकाले पनि पार्छ प्रभाव

शरीरमा आइरन (फलाम) को कमी हुन नदिन मासु नै खानुपर्छ भन्ने छैन । वनस्पतिजन्य खानेकुराबाट पनि पर्याप्त आइरन प्राप्त गर्न सकिन्छ । तर, त्यस्ता खानेकुरामा रहेको आइरन शरीरले कति मात्रामा... ...

रातोपाटी
निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै
Latest NewsJust now

निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै

काठमाडाैँ । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनितिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौँ माताहत रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थयो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो । देशभरका निर्वाचन क्षेत्र रणनितिक सडक २०७७ मा शुरुवात भएपनि यो सडक ...

टक्सार
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
Latest NewsJust now

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

काठमाडौँ। आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ। आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ। आज अमलाका अतिरिक्त भगवान् विष्णुको विशेष रूपमा पूजाअर्चना पनि गरिन्छ। धर्मशास्त्रअनुसार आज भगवान् विष्णुका साथै अमलाको वृक्षको पूजासँगै अन्नादि दान गर्नाले अक्षय फल प्राप्त हुन्छ। यसैगरी, अमल र पिपलको विवाह गरिदियो भने ...

नेपालन्युज
पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत
Latest NewsJust now

पेल्टोलाको ऐतिहासिक जित, सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत मजबुत

वासिङ्गटन डीसी । अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेटमा महत्त्वपूर्ण जित हासिल गरेकी छिन् । उनको जितसँगै सिनेटमा डेमोक्रेटिक पार्टीले ५६–४४ को बहुमत प्राप्त गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play