Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने प्रधानमन्त्रीको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने प्रधानमन्त्रीको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री बालेन शाहले ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणा गरेका छन्। उनको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित भएका छन्। प्रधानमन्त्री शाहले एनपिएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने बताएका छन्। त्यसका लागि आठवटै क्लबका आफ्नै फ्लडलाइट सहितका क्रिकेट रंगशाला नेपाल सरकारले निर्माण गर्ने उनको भनाइ छ। क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको घोषणाको स्वागत गरेका छन्। कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको साथमा खेल्ने कर्णालीवासीको वर्षौंदेखिको सपना पूरा हुने दिशामा अघि बढेको बताए। सरकारको यो पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, स्थानीय प्रतिभाको पहिचान र खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ। कर्णालीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट संघ (क्यान) र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न क्लब तयार रहेको उनले बताए। यस्तै, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले पनि एनपिएलको छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने र क्लबका लागि घरेलु मैदान विकास गर्ने प्रधानमन्त्रीको घोषणाको स्वागत गरे। ‘आफ्नै सहरमा आफ्नै मैदानमा खेल्ने कुरा केवल खेलसम्म सीमित होइन। यो कर्णालीदेखि चितवनसम्मका समर्थकलाई नजिकैबाट आफ्नो टिमको उत्साह बाँड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र खेल पूर्वाधार आधुनिक बनाउने अवसर हो,’ उनले भने। यो पहलले स्थानीय युवा प्रतिभालाई प्रेरणा दिने, प्रशिक्षण सहज बनाउने र प्रदेशभर खेलकुदको माहोल बढाउने न्यौपानेको विश्वास छ। यस अभियानलाई सफल बनाउन नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, क्यान र सबै सरोकारवाला निकायसँग सहकार्य गर्न चितवन राइनोज तयार रहेको उनले बताए। भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले छिट्टै फ्लडलाइट जडान हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री शाहले आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदान हुने बताएका छन्। चितवन राइनोजले गौतमबुद्ध क्रिकेट रङ्गशाला, कर्णाली एक्सले सुर्खेत क्रिकेट रङ्गशाला, विराटनगर किङ्सले वैजनाथपुर क्रिकेट रङ्गशाला, लुम्बिनी लायन्सले सिद्धार्थ क्रिकेट रङ्गशाला र सुदूरपश्चिम रोयल्सले फाप्ला क्रिकेट रङ्गशालामा खेल्नेछन्। त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट रङ्गशाला, पोखरा एभेन्चर्सका लागि पोखरा क्रिकेट रङ्गशाला र जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला तोकिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनमोलको ‘बाटुलो जून’को अहिलेसम्मको आम्दानी कति ?
Latest NewsJust now

अनमोलको ‘बाटुलो जून’को अहिलेसम्मको आम्दानी कति ?

काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ले अहिलेसम्म साता ८ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार (६ गते) राती ११ः५९ सम्मको व्यवसायलाई लिएर सोमबार... ...

रातोपाटी
सामुदायिक वनको आम्दानीबाट बाँझो जमिनमा सामूहिक खेती
Latest NewsJust now

सामुदायिक वनको आम्दानीबाट बाँझो जमिनमा सामूहिक खेती

अमरराज नहर्कीतनहुँ, मङ्सिर ७ गते । सामुदायिक वनको आम्दानी वन संरक्षणमा मात्र सीमित नराखी कृषि उत्पादन र स्थानीयको आयआर्जनमा समेत लगानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँको म्याग्दे गाउ... ...

गोरखापत्र
इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी
Latest NewsJust now

इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी

काठमाण्डु– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा सोमबार बिहान अचानक आगलागी भएको छ। पाँच जना सवार रहेको पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। गुडिरहेको अवस्थामा अचानक आगो लागेपछि आगो तीव्र रूपमा फैलिएको थियो। आगलागीका कारण कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। गाडीमा ठूलो क्षति पुगे पनि कारमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement