Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद
Photo / Coverage: केन्द्रबिन्दु

झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले शनिबार दिउँसो बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद बियाँको अनुमानित मूल्य एक करोड १६ लाख ४० हजार रहेको छ । बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उनले जानकारी दिए । पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जंगल क्षेत्रमा लुकाएर राखिएको फर्सीको बियाँ बरामद भएको हो । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डिग्रे मेलाबाट मन्दिरलाई १८ लाख आम्दानी
Latest NewsJust now

डिग्रे मेलाबाट मन्दिरलाई १८ लाख आम्दानी

मुसिकोट नगरपालिका, थर्पुमा अवस्थित यस डिग्रे शाईकुमारी मन्दिरमा यसबर्ष यही मंसिर ४ देखी ८ गते पुर्णिमासम्म डिग्रे मेला संचालन भएको थियो । ...

कान्तिपुर
राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडि
Latest NewsJust now

राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडि

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आइतबार आठ खेल हुँदैछन् । आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् । आयोजकका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमै सञ्चालन हुनेछन् । महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा ...

कर्पोरट खबर
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

• लीलाबहादुर घर्ती एक वर्ष जापानमा वैदेशिक रोजगारीमा रहँदा स्वदेश फर्केर कृषि उद्यममा संलग्न भएका छन्। • उनले आफ्नै गाउँमा फलफूल, तरकारी खेती र पशुपालन व्यवसाय सञ्चालन गर्दै वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्दैछन्। • घर्ती कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने योजना बनाएका छन् र सामाजिक सेवामा पनि सक्रिय छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement