Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

उनी २८ वर्षअघि हिँडेका थिए; ३६ हजार माइलको यात्रापछि अब घर पुग्नै लागेका छन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
उनी २८ वर्षअघि हिँडेका थिए; ३६ हजार माइलको यात्रापछि अब घर पुग्नै लागेका छन्
Photo / Coverage: बीबीसी नेपाली

आफ्नो यात्रा लगभग पूरा हुनै लाग्दा कार्ल बुशबीले चार महादेशहरू कटाउने आफ्ना साहसिक अनुभव, यस क्रममा बिग्रिएका सम्बन्ध र आफ्नो जीवनमा आउन लागेको ठूलो परिवर्तनबारे सोचिरहेका छन्।सन् १९९८ मा २९ वर्षका पूर्व प्याराट्रुपर कार्लले चिलेको पुन्टा एरेनासबाट आफ्नो गृह नगर 'हल'सम्म पैदल यात्रा सुरु गरेका थिए। उनले यसका लागि दुई वटा कडा नियम बनाएका थिए: यात्रा पूरा नभएसम्म ब्रिटेन नफर्कने र अघि बढ्नका लागि कुनै पनि सवारी साधनको प्रयोग नगर्ने।अहिले ५७ वर्ष पुगेका उनी आफ्नो यात्राको अन्तिम चरणमा छन्। यसबीचमा उनले डारिएन ग्यापको घना जङ्गल छिचोलेका छन्। बरफले ढाकिएको बेरिङ स्ट्रेट काटेका गरेका छन्। र केही साताअघि मात्रै 'इङ्लिस च्यानल' पौडिएर पार गरेका छन्।यात्राको अन्त्यमा उनलाई भेट्न उनका ३६ वर्षीय छोरा एडम, १२ वर्षीया नातिनी (जसलाई उनले अहिलेसम्म भेटेका छैनन्), तथा उनका बुबा र दाजुभाइहरू आउने छन्।बुशबीकी आमा भने उनले बाल्यकाल बिताएको घरमा पर्खिरहेकी हुनेछिन्, त्यही घर, जहाँबाट उनी २८ वर्षअघि निस्किएका थिए।"हामी अहिले पक्कै पनि टेरा इन्कग्निटा (एउटा अज्ञात क्षेत्र)मा छौँ वा छिट्टै नै त्यस्तो अवस्थामा पुग्नेछौँ," एउटा लिङ्कनशरको एउटा गाउँमा भेट्दा बुशबीले मलाई भने।"यतिखेर म सहज महसुस गरिरहेको छु किनकि म आफ्नो नियमित काम गरिरहेको छु। तर छिट्टै नै यो काम हठात् रोकिने वाला छ।"ठ्याक्कै 'द बिस्ट'जस्तै, जुन बुशबीको निकै बलियो र गह्रुँगा सामान बोक्ने गाडी हो।यो यात्राको खण्ड सुरु भएको केही माइलमै बुशबीको हातेगाडाको टायर पङ्चर हुन्छ। त्यसमा उनले अत्यावश्यक सामानहरू बोक्छन्।"धेरै पछि यस्तो समस्या आइलाग्यो," उनी भन्छन्। "धत्! यो त निकै झन्झटिलो हुने भयो।"सडकछेउमै त्यसलाई हतार-हतार मर्मत गर्न खोजिरहँदा उनले एकपटक मुस्कुराउँदै थपे: "यदि पानी परिरहेको हुन्थ्यो भने म सायद अझ बढी गुनासो गरिरहेको हुन्थें होला।""डोभरमा पुगेको सुरुका केही दिनमै पानी पर्न थालेको थियो। तर मौसमको हिसाबले भन्नुपर्दा हामीले एकदमै सही समय जुराउन सक्यौँ। पौडी खेल्नका लागि हामीले ती तीन दिन एकदमै उपयुक्त पायौँ।"गाडीहरू आवाज निकाल्दै हाम्रो छेउबाट हुइँकिन्छन्।बुशबी ठट्टा गर्दै भन्छन्: "तपाईँहरूलाई थाहा छ नि, तपाईँहरू सडकको गलत साइडमा गाडी चलाउँदै हुनुहुन्छ?"उनले प्रयोग गरेको "तपाईँहरू" भन्ने शब्दले उनको आफ्नो घर वा जन्मभूमिबाट रहेको दूरी वा विच्छेदलाई झल्काउँछ।बुशबी टायर पङ्चर हुनेजस्ता भौतिक अवरोधहरू पार लगाउन सिपालु छन्।तर के उनी त्यसपछिको अवस्थाका लागि तयार छन्?"म जे हुँ र मलाई आफ्नो बारेमा जे जति थाहा छ, त्यो सबै अब हराउँदै जाने छ," उनी भन्छन्। "र यो एउटा समस्या बन्ने छ। यहाँ 'पहिचानको सङ्कट' उत्पन्न हुने छ। किनकि कार्ल भनेको यही [एक साहसी यात्री] हो र आफ्नो आधा जीवन उनले यसरी नै बिताएको छ।""म खासमा को हुँ भन्ने मैले फेरि पत्ता लगाउनुपर्ने छ। यी सबैको अर्थ के हो? म त्यो अर्थ र उद्देश्य कसरी फेला पार्न सक्छु? अचानक आइपर्ने त्यो शून्यता वा खाडललाई म कसरी भर्न सक्छु?""मेरो अस्तित्वको हरेक अंश, हरेक दिन, अहिले म जे गरिरहेको छु, त्यसैमा केन्द्रित रहँदै आएको छ। यही नै मेरो अभियान थियो।""एउटा पुरानो भनाइ छ नि... आफ्नो सपना पूरा गर्न नसक्ने मानिसभन्दा पनि खराब अवस्था त ती मानिसको हुन्छ जसले आफ्ना सपनाहरू पूरा गरिसकेका छन्... किनभने, त्यसपछि के त?"लामो दूरीकी अमेरिकी पदयात्री एन्जेला म्याक्सवेल डोभरमा उनीसँग यस पदयात्रामा सामेल भइन्; उनी 'द च्यानल' पौडेर पार गरेपछि त्यहीँ आइपुगेकी थिइन्।"मलाई लाग्छ कार्ल आफैँ पनि आफ्नो बाटो (यात्रा) कति धेरै याद आउने छ भनेर छक्क पर्ने छन्," उनी भन्छिन्।"हामी कहिलेकाहीँ कार्ललाई हिँड्न मन पर्दैन भनेर ठट्टा पनि गर्छौँ । तर उनलाई आफ्नो अभियान मन पर्छ। उनलाई त्यो जोस र उद्देश्य मन पर्छ।"ब्रिटेन फर्कँदा आफूप्रति देखिएको चासो देखेर बुशबी स्वयं आश्चर्यचकित भएका छन्।"यो त निकै ठूलो कुरा जस्तो भएको छ। बाटोमा हिँड्दा मलाई चिन्ने मानिसहरूको सङ्ख्या हेर्दा अचम्म लाग्छ। यो रमाइलो कुरा हो। कहिलेकाहीँ त मानिसहरू असाध्यै उत्साहित हुन्छन् जुन अलि अनौठो लाग्छ; किन यस्तो हुन्छ, म आफैँ बुझ्न सक्दिनँ। मेरो दृष्टिकोणबाट हेर्दा यो अलि अनौठो नै लाग्छ।""म त केवल हिँडिरहेको एक सामान्य मानिस हुँ।"एउटा गाडी सडक छेउको खाली ठाउँमा रोकिन्छ र चालकले सोध्छन्, "के तपाईँ कार्ल बुशबी हो?" त्यसपछि उनीहरू सँगै 'सेल्फी' खिच्छन्।बुशबीले आफ्नो हिँडाइ कुनै आध्यात्मिक अभियान वा आत्मखोजको यात्रा हो भन्ने कुरालाई सधैं अस्वीकार गर्दै आएका छन्।तर, के आफ्नो कथाप्रतिको विश्वव्यापी चासोको कारण मानिसहरूमा लुकेर रहेको त्यो 'घुमन्ते इच्छा' हो भन्ने उनलाई लाग्छ? जुन धेरैमा भए तापनि थोरैले मात्र यसलाई पछ्याउँछन्?"मलाई लाग्छ, यति नै हो," उनी भन्छन्।"मैले लाखौँ मानिसका सपनाहरू बाँचेको छु। धेरै मानिसहरू घरबार छोडेर यसरी नै हिँडिरहन चाहन्छन्।"बुशबीका अनुसार उनको यो "हिँड्ने अवसर" उनको वैवाहिक सम्बन्ध टुटेपछि जुरेको थियो जब उनकी श्रीमती छोरालाई लिएर नर्दन आयरल्यान्ड फर्किएकी थिइन्।सडकमा बिताइने जीवनको वास्तविकता सुरुमा देखिएजस्तो रमाइलो वा आकर्षक छैन जस्तो देखिन्छ।"म दैनिक आइलाग्ने सानातिना समस्याहरूसँग जुझिरहेको हुन्छु। जस्तै, टायर पन्चर हुनु वा भित्री वस्त्र धुन मिल्ने ठाउँ खोज्नु। मेरो जीवन यस्तै छ। यी एकदमै सामान्य र झन्झटिलो प्रकृतिका कुरा हुन्; पानीमा हिँड्नु, अनि कहिल्यै नसकिने गरी किलोमिटरका किलोमिटर पार गरिरहनु।""यो बाहिरबाट देखिएजस्तो भव्य वा शानदार पक्कै छैन।"बुशबीका अनुसार उनले २८ वर्षको यसबीचको अवधिमा करिब १५ वर्ष मात्र हिँडेर बिताएका छन्। यात्राका विभिन्न चरणहरूका बीचमा उनी प्रायः मेक्सिको जाने गर्थे जहाँ बस्न-खान सस्तो पर्थ्यो।बाँकी समय भिसाका लागि आवेदन दिन र "भूराजनीतिक झमेलाहरू" माझ खर्चिएको उनी बताउँछन्।कोभिड-१९ महामारीका बेला लगाइएका यात्रा प्रतिबन्धहरूले पनि उनको यात्रामा ढिलाइ गरायो।यात्राका लागि आफैले बनाएका नियमहरूका कारण बुशबी परिवारलाई भेट्न ब्रिटेन फर्कन सक्दैनथे।निकै थोरै अवसरहरूमा उनले आफ्ना छोरा र आमाबुवा (जो एक-अर्कासँग सम्बन्ध विच्छेद भइसकेका छन्) लाई अन्य देशहरूमा भेटे।"परिवार त आखिर परिवार नै हो, होइन र?" बुशबी भन्छन्।"उनीहरू सधैँ साथमै हुन्छन्। तर सम्बन्धमा तनाव आउँछ। दूरी बढ्छ। यतिसम्म कि तपाईँहरू एक-अर्काबाट केही हदसम्म टाढिनुहुन्छ। एक किसिमले भन्दा तपाईँहरूले एक-अर्कालाई चिन्नै छोड्नुहुन्छ।""र जहाँसम्म प्रेम जीवनको कुरा छ। सावधान रहनुहोला! यसमा तपाईँले ठूलो चोट बेहोर्नुपर्ने हुन सक्छ। यो तपाईँको हकमा सफल नहुन सक्छ।"डोभर आइपुगेको केही समयपछि उनले लगभग तीन दशकमा पहिलो पटक फिश, चिप्स र नरम मटरको स्वाद चाखे।उनका अनुसार संसारमा अन्यत्र कतै पनि यो परिकार ब्रिटेनमा बनेजस्तो हुँदैन।तर सतही कुराहरूभन्दा बाहिर निस्केर उनले ब्रिटेनलाई याद नगरेको जस्तो देखिन्छ।"मसँग खेल्नको लागि सम्पूर्ण संसार छ। त्यसैले म धेरै आकर्षक चीजहरूले विचलित भएको छु।"बुशबीको विश्वासमा परम्परागत रूपमा उनी बुढा भएका छैनन्।"म बूढो छु। तर मलाई त्यति बूढो महसुस भएको छैन। म अझै पनि मेरो उमेरको तुलनामा धेरै जवान महसुस गर्छु, मानसिक रूपमा। म अझै पनि धेरै पहिले अमेरिकाको त्यो मान्छे चिन्छु।"आँखा झिम्क्याउँदै उनी थप्छन्: "मसँग अझै पनि साहसिक कार्यको त्यो भावना छ।"यात्राले उनलाई धेरै मानिसहरूलाई भेट्न पनि सक्षम बनाएको छ।"व्यक्तिगत रूपमा मैले मानवताको सबैभन्दा राम्रो पक्ष भेटेको छु। र त्यो एकदमै उत्साहजनक कुरा भएको छ। यसले मानवतामा मेरो भरोसा र विश्वासलाई पुनः पुष्टि गरेको छ। अपरिचितहरूको दयाले यो सबैलाई एकसाथ ल्यायो।""म संसार बिना यो गर्न सक्दिनथेँ।"प्रायोजकहरू भेट्नुअघि र पुस्तक सम्झौता गर्नुअघि बुशबीले आफूलाई बाँच्नको लागि दान र सडकको किनारमा फ्याँकिएको खानामा समेत भर पर्ने "पैसा नभएको ब्याकप्याकर" भएको दाबी गरेका छन्।साहसिक यात्रा गर्ने सोचमा रहेका अरू मानिसहरूका लागि उनीसँग एउटा सुझाव छ।"जुनसुकै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्नुहोस्। तपाईँले आफ्नो कल्पनाभन्दा धेरै बढी काम गर्न सक्नुहुन्छ। थोरै आत्मविश्वासले पनि तपाईँलाई धेरै टाढासम्म पुर्‍याउन सक्छ। केही पनि नगरी तपाईँले केही हासिल गर्न सक्नुहुन्न।"मिल्दो हो त, चिलेतर्फ लाग्न ठिक्क परेका युवा बुशबीलाई उनी कस्तो सल्लाह दिन्थे होला?"उनी यस्ता कुरा सुन्नै चाहँदैनन्। उनलाई केही नभन्नुहोस्। बरु उनीतिर हेरेर मुस्कुराइदिनुहोस् र उनलाई आफ्नै सुरमा छोडिदिनुहोस्।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा
Latest NewsJust now

चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा

कसिलो बलिङपछि सुदूरपश्चिमले १२९ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्दै चार खेलमा दोस्रो जित निकाल्यो र तेस्रो स्थानमा उक्लियो। ...

कान्तिपुर
इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
Latest NewsJust now

इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ। इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए। लाइभ लका अनुसार अदालतले अभिनेता खानलाई भविष्यमा हुने कुनै पनि विरोध प्रदर्शनमा भाग नलिने शपथपत्र पेस गर्न पनि आदेश दिएको छ। अदालतले अभिनेता विरु... ...

नेपालखबर
डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय
Latest NewsJust now

डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाउनुभएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राख्नुभएका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उहाँले उठाउनुभएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी कार्यक्रम ...

कर्पोरट खबर
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play