Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो । यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल रु. १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ रु. ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ रु. ५० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । १८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क रु. ७६० देखि रु. १,४०५ सम्म तोकिएको छ । सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो । बीमा क्षेत्रलाई प्रविधिसँग जोड्न इसेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूसँग सहकार्य गर्दै इसेवाले ग्राहकहरूलाई एकै ठाउँबाट बीमा शुल्क भुक्तानी, नयाँ पोलिसी खरिद तथा अन्य डिजिटल बीमा सेवाहरू सरल र सुरक्षित रूपमा प्रदान गर्दै आएको छ । आगामी दिनमा ग्राहकको पहुँचलाई थप सहज र व्यापक बनाउन डिजिटल माध्यमबाट बीमाको पहुँच विस्तार गर्ने इसेवाको लक्ष्य रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारको धर्ना
Latest NewsJust now

रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारको धर्ना

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।  आइतबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारले सांकेतिक धर्ना दिएका हुन्। धर्नालाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्... ...

नेपालखबर
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशी’ ले हस्तक्षेप नगर्न आग्रह
Latest NewsJust now

इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशी’ ले हस्तक्षेप नगर्न आग्रह

तेहरान, मङ्सिर १३ गते । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गर्नुभएको छ। बगदादले तेल तस्करी रोक्ने प्रयासका ल... ...

गोरखापत्र
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’
Latest NewsJust now

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

काठमाडौं । घरका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ। ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन्। एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज ...

केन्द्रबिन्दु
रुससँग युद्धविराम गर्न तयार छाैं, तर एक इन्च भूमि छाड्न तयार छैनौँ : जेलेन्स्की
Latest NewsJust now

रुससँग युद्धविराम गर्न तयार छाैं, तर एक इन्च भूमि छाड्न तयार छैनौँ : जेलेन्स्की

• युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग युद्धविराम गर्न तयार रहेको तर कब्जा गरिएका भूभागलाई मान्यता नदिने बताएका छन्। • उनले युद्ध रोक्न र कूटनीतिक समाधान खोज्नको लागि प्रस्ताव अघि सारेका छन्, जबकि रुसले आफ्नो सेनालाई फिर्ता गर्ने संकेत देखाएको छैन। • जेलेन्स्कीले अमेरिकासँग थप प्रतिबन्ध र सैन्य सहायता मागेका छन्, र लिबियामा युक्रेनको आक्रमणको स्पष्टीकरण पनि दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement