Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

आजैबाट देखिन सक्छ नेपालमा 'अर्नब' आँधीको असर, शुक्रवार उत्कर्षमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजैबाट देखिन सक्छ नेपालमा 'अर्नब' आँधीको असर, शुक्रवार उत्कर्षमा
Photo / Coverage: बीबीसी नेपाली

Reuters अर्नबका कारण भारतको विशाखापटनम तटमा मङ्लवारबाटै वर्षा सुरु भएको छ बङ्गालको खाडीमा विकसित भएको 'अर्नब' आँधीको असर आज बुधवारबाटै नेपालमा पनि देखिन सुरु हुने भए पनि यसको असर यसअघिको आकलनभन्दा कम हुन सक्ने अधिकारी र मौसमविद्हरूले बताएका छन्।भारतको विशाखापटनमनजिकबाट जमिनमा बज्रने यो आँधीको असर नेपाल आइपुग्दा घटिसकेको हुन सक्ने ठानिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी अधिकारीहरूले नेपालमा उक्त चक्रवात निकै तीव्र बेगमा भित्रिने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेका छन्।आँधीले समुद्रबाट भारतको बाटो हुँदै ल्याउने जलवाष्पले निम्त्याउन सक्ने वर्षा र हिमपातको मात्रा पछिल्ला प्रवृत्तिहरूको विश्लेषणबाट मात्रै यकिन गर्न सकिने मौसमविद्हरू बताउँछन्। पानी र हिउँ पर्ने पूर्वानुमानमाझ काट्ने बेला भएको धान कसरी जोगाउने? एल निन्योका बाबजुद मनसुनमा औसतसरह नै वर्षा, अब हिउँदमा कति पानी पर्ला? "यो नेपालनजिक आउँदा धेरै कमजोर भइसक्ने र धेरै कमजोर न्यूनचापीय क्षेत्रका रूपमा रहने देखिन्छ। हाम्रामा आउँदा अझै कमजोर हुन सक्ने सम्भावना रहन्छ," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले मङ्गलवार भनिन्।"तर यसको बाटोमा नेपाल देखिने भएको हुनाले हामीले सतर्कता अपनाउनुपर्ने हुन्छ।"बदलिँदो पूर्वानुमान DHM Nepal नेपाल आउँदा आँधीको तीव्रता घटे पनि यसले नेपालको हिमाली क्षेत्रमा धेरै हिउँ पार्न सक्ने मौसमविद्हरूले बताएका छन्।विभागको सोमवारको पूर्वानुमानमा नेपालका सबै हिमाली जिल्लामा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको थियो। तर मङ्गलवारको पूर्वानुमानमा मुस्ताङभन्दा पूर्वका हिमाली जिल्लामा मात्रै उच्च जोखिम औँल्याइएको छ। यद्यपि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्मै पूर्वसावधानी अपनाउन जरुरी रहेको विभागकी प्रवक्ता पोखरेलले बताएकी छन्।"पश्चिमतर्फ पनि जोखिम नभएको चाहिँ होइन। यो पूर्वानुमान परिवर्तन पनि हुन सक्छ," पोखरेल भन्छिन्।त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल यो आँधीले वर्षा र हिमपात निम्त्याउने प्रणाली भारतको बिहार र उत्तर प्रदेशको बीच भागतिरबाट भैरहवाआसपास हुँदै नेपाल प्रवेश गर्न सक्ने पूर्वानुमान प्रणालीहरूले देखाएको बताउँछन्।"बुधवारबाट नै नेपालमा बादल लाग्ने अनुमान गरिएको छ। बिहीवार त्यसले केही वर्षा गराउँछ। शुक्रवार चाहिँ लुम्बिनीदेखि कोशी प्रदेशसम्म यसको तीव्रता बढ्ने देखिन्छ," सिग्देल भन्छन्।मुख्य जोखिम कहाँ? RSS हिउँद सुरु हुनुअघिको याममा मौसम राम्रो हुने भएका कारण पदयात्रा र पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गरेका छन् अर्नब आँधीले नेपालका लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा र ती प्रदेशका माथिल्ला हिमाली क्षेत्रमा हिमपात गराउन सक्ने मौसमविद्‌हरूको पूर्वानुमान छ।"शुक्रवार उत्तरी क्षेत्रमा बाक्लै हिमपात गराउन सक्ने सम्भावना छ। शनिवार चाहिँ पूर्वतिर केन्द्रित हुने तर तीव्रता केही घट्ने देखिन्छ," सिग्देल भन्छन्।आँधीले निम्त्याउने प्रणालीका कारण बिहीवारबाट सुरु हुने वर्षा शुक्रवार उत्कर्षमा पुग्ने र शनिवारबाट कमजोर हुने मौसम विज्ञान विभागको पनि आकलन छ।यो आँधीका कारण देशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको भन्दै सतर्कता अपनाउन अधिकारीहरूले नागरिकहरूलाई आग्रह गरेका छन्।विभागकी प्रवक्ता पोखरेल उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको समेत जोखिम रहन सक्ने भन्दै हिमाली क्षेत्रमा पदयात्रामा जोखिम हुन सक्ने बताउँछिन्। पोखरेलले पदयात्रीहरूलाई उक्त समय सुरक्षित स्थानमा फर्कन वा यात्राको योजना स्थगित गर्न सुझाव दिएकी छन्। विनाशकारी बाढी आएको दुई महिना पूरा, पुनर्निर्माणको खाका ल्याउन किन अझै अलमल भोटेकोशी बाढीको पूर्वसूचनामा नेपाल चुकेको पाटो र अबको सुधारको बाटो विज्ञहरूले पानीले खासगरेर भित्र्याउने अवस्थामा पुग्न लागेको धानबालीमा नोक्सान गर्न सक्ने भएकाले त्यसतर्फ पनि ख्याल गर्न किसानहरूलाई सचेत तुल्याएका छन्।मौसम पूर्वानुमान महाशाखाले धान काट्ने याम भएका कारण किसानहरूलाई पनि त्यहीअनुसार योजना बनाउन आग्रह गरेको छ।यसअघि असोजमा बङ्गालको खाडीमा यस्तै चक्रवात बन्ने आकलन गरिए पनि त्यसले चक्रवातको रूप लिन सकेन। यद्यपि त्यसले पनि नेपालमा वर्षा गराएको थियो।अहिलेको चक्रवातले केही स्थानमा असोजको भन्दा धेरै वर्षा र हिमपात गराउन सक्ने सहप्राध्यापक सिग्देल बताउँछन्।"असोजको प्रणालीभन्दा धेरै शक्तिशाली भएका कारण जलवाष्प पनि धेरै ल्याउँछ भन्ने छ," सिग्देल भन्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा
Latest NewsJust now

चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा

कसिलो बलिङपछि सुदूरपश्चिमले १२९ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्दै चार खेलमा दोस्रो जित निकाल्यो र तेस्रो स्थानमा उक्लियो। ...

कान्तिपुर
इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
Latest NewsJust now

इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ। इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए। लाइभ लका अनुसार अदालतले अभिनेता खानलाई भविष्यमा हुने कुनै पनि विरोध प्रदर्शनमा भाग नलिने शपथपत्र पेस गर्न पनि आदेश दिएको छ। अदालतले अभिनेता विरु... ...

नेपालखबर
डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय
Latest NewsJust now

डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाउनुभएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राख्नुभएका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उहाँले उठाउनुभएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी कार्यक्रम ...

कर्पोरट खबर
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play