Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आजदेखि ललितपुरमा मलेसियन फुड फेस्टिभल

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि ललितपुरमा मलेसियन फुड फेस्टिभल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काठमाडौंस्थित मलेसियाको दूतावासले काठमाडौंमा पहिलोपटक मलेसियन फुड फेस्टिभल : ‘ए टेष्ट अफ मलेसिया २०२६’ आयोजना गर्ने भएको छ । फुड फेस्टिभल यही २६ नोभेम्बरदेखि २ डिसेम्बरसम्म काठमाडौंस्थित क्राउन इम्पेरियल होटलमा आयोजना हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मलेसियाको दूतावासले जोम नेपाल, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेज तथा एजुकेसन मलेसिया ग्लोबल सिविसेजसँगको सहकार्यमा फुड फेस्टिभल आयोजना गर्न लागेको हो । खानामार्फत् सांस्कृतिक आदानप्रदान गर्दै दुवै देशका जनतालाई अझ नजिक ल्याउने, आपसी समझदारी बढाउने तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्य फुड फेस्टिभलले राखेको छ । एक हप्तासम्म सञ्चालन हुने फुड फेस्टिभलको मुख्य उद्देश्य मलेसियाको समृद्ध तथा विविध पाककला परम्परा नेपाली जनसमुदायसमक्ष परिचित गराउनु तथा मलेसियाली खानाको मौलिक स्वाद अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकको भनाइ छ । आयोजकका अनुसार महोत्सवको विशेष विधिहरू प्रयोग गरी विभिन्न परम्परागत मलेसियाली परिकारहरू तयार गर्नेछन् । मलेसिया बहुसांस्कृतिक समाजका रूपमा परिचित छ, जहाँ मलाय, चिनियाँ, भारतीय तथा विभिन्न आदिवासी समुदायको सांस्कृतिक योगदानले विशिष्ट र समृद्ध खाद्य संस्कृतिको विकास गरेको छ । मलेसियाली खानामा स्वाद, सुगन्ध, मसला तथा पकाउने परम्पराको अनौठो संयोजन पाइन्छ । उक्त फुड फेस्टिभलमा सहभागी अतिथिहरूले मलेसियाली खानाको विविधता तथा विशेष स्वादको अनुभव गर्ने अवसर प्राप्त गर्ने पनि दूतावासका अधिकारीहले बताएका छन् । दूतावासका अनुसार खानाको स्वादसँगै नेपाल र मलेसियाबीच कायम रहेको दीर्घकालीन मित्रता तथा सौहार्द्रपूर्ण सम्बन्ध उत्सवका रूपमा मनाउने एउटा महत्त्वपूर्ण अवसर पनि हुनेछ । खानामार्फत् सांस्कृतिक आदानप्रदान गर्दै दुवै देशका जनतालाई अझ नजिक ल्याउने, आपसी समझदारी बढाउने तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्य फुड फेस्टिभलले राखेको छ । दूतावासले सहभागी अतिथिहरूलाई रमाइलो तथा अविष्मरणीय अनुभव प्रदान गर्नुका साथै मलेसियाको बहुसांस्कृतिक पहिचान र आत्मीय आतिथ्यको झलक प्रस्तुत गर्ने विश्वास लिएको छ । नेपाल र मलेसियाबीचको मित्रता थप सुदृढ तथा उत्सवमय बनाउन दूतावासले ‘भिजिट मलेसिया इयर २०२६’ वाकाथनसमेत आयोजना गर्दैछ । वाकाथन २८ नोभेम्बर बिहान ८ बजे ललितपुरको कुपण्डोलस्थित पिसिपिएस कलेजबाट सुरु हुने र वाकाथनपछि सोही दिन इन्टरनेसनल क्लब सानेपामा ‘माया मलेसिया २०२६’ आयोजना हुने बताइएको छ । माया मलेसिया पनि २८ नोभेम्बर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म इन्टरनेसनल क्लब सानेपामा आयोजना हुनेछ । उक्त कार्यक्रममा मलेसियाका खानाका परिकार, विभिन्न उत्पादन, पर्यटन, शिक्षा, हस्तकला, संस्कृति तथा अन्य विविध पक्षको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा मलेसियासम्बन्धी विभिन्न जानकारी, अवसर तथा अनुभव एकै स्थानमा अवलोकन गर्न सकिनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ । उल्लेखित कार्यक्रमहरू स्वस्थ जीवनशैली, खानपान, संस्कृति तथा मलेसियाको आकर्षक पर्यटन गन्तव्य र उच्च शिक्षाका अवसरबारे जानकारी तथा अनुभव आदानप्रदानमार्फत् नेपाल र मलेसियाबीचको मित्रता र सौहार्द्रपूर्ण सम्बन्ध उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएकाले दूतावासले सर्वसाधारण, कूटनीतिक समुदाय, व्यावसायिक प्रतिनिधिहरू, सञ्चारकर्मी तथा मलेसियाका मित्रहरूलाई कार्यक्रमहरूमा सहभागी भई मलेसियाले प्रस्तुत गर्ने स्वाद, संस्कृति, पर्यटन तथा समग्र अनुभवको आनन्द लिन आमन्त्रणसमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर
Latest NewsJust now

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

जुम्ला । गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष... ...

रातोपाटी
रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित
Latest NewsJust now

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा । निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग... ...

रातोपाटी
उत्कृष्ट उद्यमी सम्मानित
Latest NewsJust now

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना... ...

रातोपाटी
प्रहरी चौकी भवन हस्तान्तरण
Latest NewsJust now

प्रहरी चौकी भवन हस्तान्तरण

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement