काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![गैंडा र कागको कानेखुसी [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rhino-and-crow2-04112026023329-watermarked.jpg)


