Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा विमान दुर्घटना, दुई बालकसहित ६ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा विमान दुर्घटना, दुई बालकसहित ६ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

अमेरिका । अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालकको ज्यान गएको अमेरिकी कोस्ट गार्डले पुष्टि गरेको छ। मंगलबार दिउँसो समुद्रमा खसेको सेस्ना सेन्टुरियन २१० विमानमा सवार सबैको शव फेला परेपछि खोजी तथा उद्धार कार्य समाप्त गरिएको कोस्ट गार्डले जनाएको छ। मंगलबार साँझ खोजीका क्रममा मिसिसिपी समुद्री स्रोत विभाग (एमडीएमआर) का गोताखोरहरूले विमानको मुख्य भागभित्रै सबै ६ जनाको शव फेला पारेका थिए। यसअघि उद्धार टोलीले घटनास्थलबाट तीनवटा लाइफ ज्याकेट, एउटा लाइफ र्‍याफ्ट र विमानको केबिन फेला पारेको थियो। अमेरिकी कोस्ट गार्डका अनुसार मंगलबार दिउँसो करिब ३ः४५ बजे विमानसँग सञ्चार सम्पर्क टुटेको जानकारी प्राप्त भएको थियो। संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँग सम्पर्क विच्छेद भएको जानकारी कोस्ट गार्डलाई गराएको थियो। उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का अनुसार उक्त विमान लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ उडिरहेको थियो। उडान सुरु भएको करिब ३० मिनेटपछि मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणतर्फ करिब ८ हजार ८०० फिट उचाइमा पुगेको विमान एकाएक तीव्र गतिमा तल झर्न थालेको ट्र्याकिङ विवरणमा देखिएको छ। विमान दुर्घटनाअघि प्रतिमिनेट करिब १८ हजार फिटको गतिमा तल झरिरहेको थियो। यो गति प्रतिघण्टा २०० माइलभन्दा बढी हुन आउँछ। त्यसपछि विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो। यद्यपि विमान एकाएक समुद्रमा किन खस्यो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी
Latest NewsJust now

दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी

महान्यायाधिवक्ता नारायणदत्त कँडेलसहितको टोली जवाफी बहसका लागि इजलासमा छ । यसअघि अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो । ...

कान्तिपुर
४ लाख सहभागी हुने बिहेभोज, जन्तीका लागि पाक्दैछ ५० लाख गुलाब-जामुन
Latest NewsJust now

४ लाख सहभागी हुने बिहेभोज, जन्तीका लागि पाक्दैछ ५० लाख गुलाब-जामुन

विवाहमा आउने भीआईपी पाहुनाहरूका लागि हेलिप्याड निर्माण गरिएको छ भने घोडदौड प्रतियोगिताका लागि मैदानसमेत तयार पारिएको छ । यस दौडका विजेतालाई 'महिन्द्रा थार' गाडी पुरस्कार दिइने चर्चा छ ...

कान्तिपुर
लाङ्टाङ जीवन : हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष
Latest NewsJust now

लाङ्टाङ जीवन : हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

लाङ्टाङ (रसुवा), मङ्सिर ९ गते । वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बिचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनग... ...

गोरखापत्र
डिग्रे मेलामा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

डिग्रे मेलामा दर्शनार्थीको घुइँचो

राजु लामिछानेरुकुमपश्चिम, मङ्सिर ९ गते। रुकुमपश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन आज मंगलबार मुसिकोट ५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा भव्य मेला लागेको छ। मेलामा हजारौ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement