Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गरेका छन्। बंगलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले दुई देशबीच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। चिनियाँ दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बंगलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रको औपचारिक उद्घाटनसमेत गरिएको थियो। ‘इतिहासले भविष्यलाई उज्यालो बनाउँछ’ भन्ने नारासहित आयोजित कार्यक्रममा दुवै देशका प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, परराष्ट्र मामिला विज्ञ तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राजनीतिक दलबीचको संवाद, अनुभव आदानप्रदान तथा शासन सञ्चालनसम्बन्धी अध्ययन र सहकार्यलाई संस्थागत बनाउने विषयमा जोड दिइएको थियो। नयाँ अध्ययन केन्द्रलाई चीन र बंगलादेशबीच राजनीतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। हाइछिङ पाकिस्तानको भ्रमण सकेर बंगलादेश जानू भएको हो । पाकिस्तान र बंगलादेशले आपसी सम्बन्ध बलियो बनाउन विशेष अध्ययन संयन्त्र बनाउने सहमति समेत गरेकाछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कला क्षेत्रको विकासमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण छ : अभिनेत्री भुसाल
Latest NewsJust now

कला क्षेत्रको विकासमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण छ : अभिनेत्री भुसाल

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र क्षेत्रका त्रि–देवी अर्थात चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दले उनलाई... ...

रातोपाटी
राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह
Latest NewsJust now

राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह

दाङ। राप्ती गाउँपालिकाले तिहारलाई लक्षित गर्दै गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा कृत्रिम माला प्रयोग नगर्न आग्रह गरेको छ। गाउँपालिकाले प्राकृतिक फूलको प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि तिहारमा प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न आग्रह गरेको हो। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आउँदै गरेको हिन्दुहरूको महान् चाड शुभ दीपावली (तिहार)को अवसरमा गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा खरजंग्य माला प्रयोग नगरी प्राकृतिक फूलमाला प्रयोग ...

लुम्बिनी सञ्चार
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु
Latest NewsJust now

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु

गुल्मीको राक्सेमा बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ, तर कमजोर जमिनका कारण जोखिम कायमै छ। ...

कान्तिपुर
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
Latest NewsJust now

बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

असुनसियोन, कात्तिक २० गते । बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play