काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । सरुवाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दानबहादुर थापा र भक्तपुर परिसरको प्रमुखमा रुकेश तण्डुकार खटिएका छन् । त्यस्तै, बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्टको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा तथा काजमा खटिएका एसपीहरूले मंसिर महिनादेखि नयाँ दरबन्दीबाट तलबभत्तालगायतका सुविधा पाउनेछन् । सूचीसहित-
६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]
![६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]](https://kendrabindu.com/wp-content/uploads/2024/04/Nepal-Police-Headquarter_fi.webp)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






