काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटरमा चितवनले पहिले ब्याटिङ गरिरहेको छ । चितवनका ब्याटर कामील मिशाराले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन् । मिशाराले ३४ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाएका छन् । उनले १६४.७० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै चितवनको इनिङ्सलाई गति दिएका छन् । त्यस्तै, रवि बोपारा २९ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाएर क्रिजमा छन् । पछिल्लो पाँच ओभरमा चितवनले बिना विकेट ४८ रन जोडेको छ ।
४ छक्का प्रहार गर्दै चितवनका मिशाराको अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






