Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

४७.५ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानी पहुँच

Share:WhatsAppFacebookX (Twitter)Telegram
४७.५ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानी पहुँच
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ विषयक प्रतिवेदन सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम(युन-ह्वाविटाट)र युनिसेफको सहकार्यमा राष्ट्रिय तथ्यांक कार्यालयले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनले सात सय ५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थाको विश्लेषण गर्दै स्थानीय आवश्यकताअनुसार योजना निर्माण, बजेट विनियोजन र कार्यक्रम सञ्चालन गर्न सकिने आधार प्रस्तुत गरेको छ । प्रतिवेदनअनुसार नेपालमा ९० प्रतिशत जनसंख्यामा घर परिसरमै सुधारिएको खानेपानीको पहुँच छ तर घरपरिसरमै पानी उपलब्ध हुनु, आवश्यक परिमाणमा प्राप्त हुनु र पानीमा इकोली ब्याक्टेरिया नहुनुजस्ता तीनवटै शर्त पूरा भएको सुरक्षितरूपमा व्यवस्थापन गरिएको खानेपानीमा पहुँच प्राप्त जनसंख्या भने ४७.५ प्रतिशतमात्रै छ । राष्ट्रियस्तरमा ७८.३ प्रतिशत जनसंख्यालाई आवश्यक परेको समयमा पर्याप्त खानेपानी उपलब्ध हुने गरेको र ५३.९ प्रतिशत जनसंख्याले प्रयोग गर्ने खानेपानीको स्रोतमा इकोली ब्याक्टेरिया पाइएको छैन । खानेपानीको स्रोत परीक्षण गर्दा ४६.१ प्रतिशत नमुनामा इकोली ब्याक्टेरिया पाइएको छ भने घरपरिवारले उपभोग गर्ने अवस्थामा यस्तो दर ६१.२ प्रतिशत रहेको छ । नेपालमा सुधारिएको सरसफाइ सुविधामा ९२.८ प्रतिशत जनसंख्याको पहुँच पुगे पनि सुरक्षितरूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवा प्रयोग गर्ने जनसंख्या ३९.९ प्रतिशतमात्रै रहेको प्रतिवेदनले औंल्याएको छ । जसमध्ये १२.९ प्रतिशतको अन्तरसाझा शौचालय प्रयोग र ४० प्रतिशतको अन्तरदिसाजन्य मलमूत्रको सुरक्षित संकलन तथा प्रशोधनसँग सम्बन्धित छ । प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा सुधारिएको सरसफाइ सुविधामा ९९.४ प्रतिशत जनसंख्याको पहुँच भए पनि सुरक्षितरूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवामा पहुँच प्राप्त जनसंख्या १४.३ प्रतिशतमात्रै छ । त्यस्तै, फ्लस जोडिएको सेप्टिक ट्यांकीमा दिसाजन्य मलमूत्र चुहिने वा पोखिने जोखिम ३.६ र फ्लस जोडिएको एकल खाल्टे संरचनामा ९.१ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार सुरक्षितरूपमा व्यवस्थापन गरिएको खानेपानीमा पहुँच कर्णाली प्रदेशमा २२.१ प्रतिशत र मधेस प्रदेशमा ६६.१ प्रतिशत रहेको छ । खानेपानी पर्याप्त नहुनुका कारणमध्ये स्रोतसम्म पहुँच नहुनु ४३.६ प्रतिशत र स्रोत सञ्चालनमा नरहनु ४०.२ प्रतिशत रहेको छ । बागमती प्रदेशमा स्रोत सञ्चालनमा नरहनुका कारण खानेपानी अपर्याप्त हुने अवस्था ५४.१ प्रतिशत रहेको छ । खानेपानी संकलन गर्ने घरपरिवारका सदस्यमध्ये ७१.५ प्रतिशत महिला रहेको प्रतिवेदनमा उल्लेख छ । मधेस प्रदेशका ग्रामीण क्षेत्रमा खुला दिसापिसाब गर्ने जनसंख्याको हिस्सा ११.५ प्रतिशतबाट बढेर १९.४ प्रतिशत पुगेको छ भने लुम्बिनी प्रदेशका अर्धशहरी क्षेत्रमा पनि पाँच प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ । प्रतिवेदनअनुसार ५७ वटा अर्थात् ७.६ प्रतिशत स्थानीय तहमा खानेपानी र सरसफाइ दुवै क्षेत्रमा गम्भीर असमानता रहेको छ । जोखिम समूहमा रहेका चार सय २४ स्थानीय तहमध्ये दुई सय ७७ वटामा खानेपानी र एक सय ४७ वटामा सरसफाइ प्रमुख अवरोधका रूपमा पहिचान भएका छन् भने बाँकी दुई सय ७२ स्थानीय तहमा मध्यम वा उच्च उपलब्धि रहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशगतरूपमा मधेसका एक सय ३६ स्थानीय तहमध्ये एक सय नौवटा अर्थात् ८०.१ प्रतिशतमा सरसफाइलाई प्राथमिकता दिनुपर्ने देखिएको छ भने गण्डकीका ८५ स्थानीय तहमध्ये ४५ अर्थात् ५२.९ प्रतिशतमा खानेपानी प्रमुख प्राथमिकताका रूपमा पहिचान भएका छन् । खानेपानी तथा सरसफाइको औसत समता सूचक कर्णाली प्रदेशमा ०.६३५ र मधेस प्रदेशमा ०.६५९ रहेको छ । उच्च वञ्चितीकरण भएका स्थानीय तहमध्ये कर्णाली प्रदेशका १८ र सुदूरपश्चिम प्रदेशका १५ स्थानीय तहमा गम्भीर तथा एकीकृत हस्तक्षेप आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको सुधारका लागि सात प्रमुख नीतिगत प्राथमिकता अघि सारेको छ । नयाँ पूर्वाधार निर्माणसँगै विद्यमान खानेपानी प्रणालीको सञ्चालन, मर्मतसम्भार, पानीको गुणस्तर परीक्षण तथा सुरक्षित सेवा प्रवाहमा लगानी बढाउनुपर्ने उल्लेख छ । राष्ट्रिय जनगणना २०६८ र २०७८ तथा नेपाल बहुसूचक सर्वेक्षण २०७६ र २०८१/८२ लगायतका तथ्यांकमा आधारित प्रतिवेदनमा नेपालमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवामा पहुँच प्राप्त जनसंख्या ४७.५ प्रतिशत र सुरक्षितरूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवा प्राप्त जनसंख्या ३९.९ प्रतिशत रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा
Latest NewsJust now

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्। १७... ...

रातोपाटी
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
Latest NewsJust now

तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

काठमाडौँ, कात्तिक १६ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ । चाडपर्वका सम... ...

गोरखापत्र
यस्तो छ आजको मौसम
Latest NewsJust now

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसको कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ...

केन्द्रबिन्दु
बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
Latest NewsJust now

बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ

मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्। हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play