Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

२५ करोडको लागतमा बनेको गुल्मी अस्पतालको नयाँ भवनबाट छिट्टै सेवा सुरु हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
२५ करोडको लागतमा बनेको गुल्मी अस्पतालको नयाँ भवनबाट छिट्टै सेवा सुरु हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ । भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ। २५ करोड ९५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको भवनमा ओपीडी, आकस्मिक, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ उपचार सेवाका संरचना छन्। नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार हुनुका साथै बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध हुने अस्पताल प्रमुख डा. विभव बस्यालले बताए। पुरानो साँघुरो भवनका कारण सेवा प्रवाहमा हुँदै आएको कठिनाइ नयाँ भवन सञ्चालनसँगै हट्ने अपेक्षा गरिएको छ। २०७८ असारमा निर्माण सम्झौता भएको भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा झण्डै पाँच वर्ष लागेको हो। नयाँ भवनबाट सेवा सुरु भएपछि सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काभ्रेको  नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदै
Latest NewsJust now

काभ्रेको नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदै

• काभ्रेपलाञ्चोकको नमोबुद्धमा आजदेखि नमोबुद्ध जात्रा सुरु भएको छ, जसले राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग सम्बन्धित छ। • जात्राको पहिलो दिनमा दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको छ। • मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ, र स्थानीय प्रशासनले यातायात व्यवस्थापन र सुरक्षाका लागि तयारी गरेको छ। ...

नेपालबहस
फरार व्यवसायीको खाता रोक्का गरिने
Latest NewsJust now

फरार व्यवसायीको खाता रोक्का गरिने

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ७ गते । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई सम्पर्कमा नआएका व्यक्तिको बैङ्क खाता रोक्का गरिने भएको छ । वैदेशिक रोजगार विभागले... ...

गोरखापत्र
राजविराज मालपोत कार्यालयको जग्गा अतिक्रमणमुक्त गराउन डोजर चलाइयो
Latest NewsJust now

राजविराज मालपोत कार्यालयको जग्गा अतिक्रमणमुक्त गराउन डोजर चलाइयो

सप्तरी । भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ।‎‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो।‎‎संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।‎‎यसअघि भूमि प्रशासन कार्यालयले पटकपटक ...

केन्द्रबिन्दु
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज आंशिक बदली रहने जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। त्यस्तै, राति कोशी प्रदेशका हिमाली ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement