Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । इरानको नौसेनाले होर्मुज जलमार्गको पूर्वी क्षेत्रमा समुद्री बारुदी सुरुङमा ठोक्किएर एउटा तेल ट्यांकरमा आगलागी भएको जनाएको छ । बुधबार भएको घटनामा ट्यांकर विस्फोटपछि आगलागी हुँदा रोकिएको इरानी नौसेनाले जनाएको हो । इरानी सेनाको वेबसाइटमा जारी विज्ञप्तिअनुसार उक्त ट्यांकरले आफ्नो पहिचान तथा नेभिगेसन प्रणाली बन्द गरेर जलमार्गको निषेधित क्षेत्रमा प्रवेश गरेको थियो । इरानी नौसेनाले जलमार्गसम्बन्धी निर्देशन र सुरक्षा चेतावनी उल्लंघन गरेका कारण घटना भएको दाबी गरेको छ । यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) नौसेनाले छुट्टै घटनामा तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको पानीजहाज पनि समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको र आगलागी भएको जनाएको छ । उक्त जहाजले पनि आफ्नो जीपीएस प्रणाली बन्द गरेको इरानी पक्षको दाबी छ । यसअघि आईआरजीसी नौसेनाले होर्मुज जलमार्गको पूर्वी क्षेत्र तथा दक्षिणी तटीय क्षेत्रमा दुईवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट हुँदा आगलागी भएको जनाएको थियो । यसैबीच, अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गेजले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्नु अझैं असुरक्षित रहेको बताएका छन् । मंगलबार उनले तेल, प्राकृतिक ग्यास र तरल पेट्रोलियम ग्यास (एलपीजी) ओसारपसारका लागि उक्त मार्ग प्रयोग गर्ने जहाजले गम्भीर जोखिम मोलिरहेको उल्लेख गर्दै जलमार्गबाट आवतजावत नगर्न आग्रह गरेका थिए । उनका अनुसार पछिल्लो समय जहाजमाथि आक्रमणका घटना बढेका छन् । त्यसक्रममा समुद्री कामदार घाइते हुनुका साथै केहीको मृत्यु भएको छ । यस्तो अवस्थामा होर्मुज जलमार्गबाट हुने आवतजावतको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराइरहनुपर्ने उनले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अदालतले भन्यो :  टाइगर श्राफलाई गोली हान्ने एक अभियुक्त नाबालिग रहेछन्
Latest NewsJust now

अदालतले भन्यो : टाइगर श्राफलाई गोली हान्ने एक अभियुक्त नाबालिग रहेछन्

विशेष मकोका अदालतले टाइगर श्राफलाई लक्ष्य गरी गोली हानिएको घटनाका एक अभियुक्तलाई नाबालिग घोषणा गरेको छ। अदालतले बुधबार उनलाई थप आदेशका लागि बाल न्याय बोर्ड (जेजेबी) समक्ष उपस्थित हुन निर्देशन दिएको छ। गत अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा अभिनेता टाइगर सवार कारमा गोली हानिएको थियो। जुन घटनामा उनका चालक घाइते भए भने अभिनेतालाई ह... ...

नेपालखबर
बलुचिस्तानमा छुट्टाछुट्टै चार सुरक्षा कारबाही, १२ जना मारिएको पाकिस्तानी सेनाको दाबी
Latest NewsJust now

बलुचिस्तानमा छुट्टाछुट्टै चार सुरक्षा कारबाही, १२ जना मारिएको पाकिस्तानी सेनाको दाबी

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा नोभेम्बर २० देखि २३ सम्म सञ्चालन गरिएका चार छुट्टाछुट्टै गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा १२ जना मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर... ...

रातोपाटी
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेलधुरा समाचारदाताडडेलधुरा, मङ्सिर १० गते । लागूऔषध मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ घर भई हाल... ...

गोरखापत्र
शिक्षकको पेन्सन हिसाबमा ग्रेड रकम जोडिने वा नजोडिने आधार के ?
Latest NewsJust now

शिक्षकको पेन्सन हिसाबमा ग्रेड रकम जोडिने वा नजोडिने आधार के ?

काठमाडौँ । शिक्षकको पेन्सन (निवृत्तिभरण) हिसाब गर्दा खाइपाई आएको ग्रेड रकम जोडिन्छ कि जोडिँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा भइरहेको विभिन्न चर्चाप्रति राष्ट्रिय किताबखानाको शिक्षक शाखाले प्रस्ट पारेको छ। कार्यालयले सार्वजनिक सूचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement