Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्युनिकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित १२ औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताउनुभएको हो । उहाँले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत क्षति न्युनिकरण गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि भूविज्ञानको भुमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको उनले उल्लेख गर्नुभयो । उहाँले वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमार्फत संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संसद, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य विस्तार गर्नुपर्ने बताउँदै उहाँले वैज्ञानिक निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनासँग जोड्नु संसद्को पनि महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनु भयो । त्यस्तै, विपद् आउनुअघि नै जोखिम पहिचान र न्युनिकरण गर्ने प्रणालीको विकास, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग र युवा वैज्ञानिकहरूको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसियासहित विश्वमै प्रभाव पार्न सक्ने उल्लेख गर्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच प्रभावकारी सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिमालय हाम्रो प्राकृतिक गौरव मात्र होइन, पृथ्वीको विकासक्रम, भौगर्भिक गतिविधि र जलवायु परिवर्तनको अध्ययनका लागि विश्वकै महत्वपूर्ण प्राकृतिक प्रयोगशाला पनि हो । नेपालको भौगोलिक तथा भौगर्भिक अवस्थाका कारण भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोट र भूक्षयको जोखिम उच्च छ । विगतका विपद्बाट हामीले ठूलो मानवीय तथा आर्थिक क्षति बेहोरेका छौँ । प्राकृतिक विपद् रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचानमार्फत क्षति न्युनिकरण गर्न सकिन्छ । यसका लागि भूविज्ञानको भूमिका महत्वपूर्ण छ । यस सम्मेलनको विषय ‘उत्थानशील, दिगो र स्रोत-सुरक्षित विश्वका लागि हिमालय क्षेत्रको भूविज्ञानको पुनर्संरचना’ वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ । सडक, सुरुङमार्ग, जलविद्युत तथा अन्य पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्छ । विकाससँगै सुरक्षित भविष्य सुनिश्चित गर्नु हाम्रो आवश्यकता हो । वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीतिमार्फत प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद् जोखिम न्युनिकरण गर्न आवश्यक छ । यसका लागि सरकार, संसद्, विश्वविद्यालय र वैज्ञानिक समुदायबीच सहकार्य बढाउनुपर्छ । हिमालयको भौगर्भिक तथा जलवायु परिवर्तनले समग्र दक्षिण एसिया र विश्वलाई प्रभाव पार्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य, संयुक्त अनुसन्धान र प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्छ । नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान र वैज्ञानिक ज्ञानको प्रसारमा पुर्‍याएको योगदान प्रशंसनीय छ । आगामी दिनमा पनि समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच सेतुको भुमिका निर्वाह गर्ने विश्वास लिएको छु । प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ । यस सम्मेलनका निष्कर्ष र सुझावहरू राष्ट्रिय नीति तथा विकास योजनामा समेटिने विश्वास व्यक्त गर्दछु ।’ प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुने उल्लेख गर्दै सभामुख अर्यालले सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझाव राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहसम्मका व्यवहारिक कार्यमा रूपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एपेक सम्मेलनमा ट्रम्प र सीबिच द्विपक्षीय वार्ता
Latest NewsJust now

एपेक सम्मेलनमा ट्रम्प र सीबिच द्विपक्षीय वार्ता

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्यापार,... ...

रातोपाटी
एनपीएलको अन्तिम खेलमा सोमपाल कामी घाइते, अब एसिया कप राइजिङ स्टार्समा प्रतिश जीसी
Latest NewsJust now

एनपीएलको अन्तिम खेलमा सोमपाल कामी घाइते, अब एसिया कप राइजिङ स्टार्समा प्रतिश जीसी

जारी तेस्रो एनपीएलको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी घाइते भएका छन्।  जसले गर्दा अब उनी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिता खेल्न नसक्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।  क्यानका सचिव पारस खड्काका अनुसार उक्त प्रतियोगिताका लागि प्रतिश जीसीलाई टोलीमा छनोट गरिएको छ। त्यसैगरी&nb... ...

नेपालखबर
बृहत् शान्ति सम्झौताको २० वर्ष : न्यायिक निरुपणको काम अलपत्र
Latest NewsJust now

बृहत् शान्ति सम्झौताको २० वर्ष : न्यायिक निरुपणको काम अलपत्र

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बिच बृहत् शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदैछ । सरकार र माओवादीबिच २०६३ मंसिर ५ गते हतियार निःशस्त्रीकरण, माओवादी लडाकु व्यवस्थापन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play