काठमाडौं । नेपालबाट स्यानिटरी प्याड, डाइपर तथा न्याप्किनको निर्यात बढ्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म नेपालले १५ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरका स्यानिटरी प्याड, डाइपर तथा न्याप्किन निर्यात गरेको छ । विभागको तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा बढी डाइपर निर्यात भएको छ । नेपालले ८ करोड ७७ लाख ७७ हजार रुपैयाँ बराबरको डाइपर निर्यात गरेको हो । त्यस्तै, ६ करोड ५५ लाख ३३ हजार रुपैयाँ बराबरको स्यानिटरी प्याड निर्यात भएको छ । यसैगरी, ४ लाख ३० हजार रुपैयाँ बराबरको न्याप्किन लाइनर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट निर्यात भएका यी सामग्री भारतमा मात्रै बिक्री भएको देखिएको छ । यसअघि गत आर्थिक वर्षमा नेपालले भारत र चीनमा गरी कुल ५२ करोड ६७ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड, डाइपर तथा न्याप्किन निर्यात गरेको थियो । पछिल्लो तथ्यांकले नेपालमा उत्पादित स्यानिटरी प्याड, डाइपर तथा न्याप्किनले अन्तर्राष्ट्रिय बजारमा समेत स्थान बनाउँदै गएको देखाउँछ ।
स्यानिटरी प्याड, डाइपर र न्याप्किन निर्यातबाट तीन महिनामै साढे १५ करोड आम्दानी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





