Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

स्पेसएक्सलाई १० लाख स्याटेलाइटको अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्सलाई १० लाख स्याटेलाइटको अनुमति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने उद्देश्यले १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ । अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले दिएको अनुमतिअनुसार कम्पनीको स्टारमाइन्ड सञ्जालले पृथ्वीमा प्रयोगका लागि ठूलो परिमाणमा डाटा प्रशोधन गर्नेछ । अनुमति सन् २०४० सम्म कायम रहनेछ । स्पेसएक्सले सन् २०२७ को अन्त्यतिर पहिलो स्याटेलाइट प्रक्षेपण गरी सन् २०२८ देखि विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले अन्तरिक्षमा प्रयोग गर्न विशेष रूपमा तयार पारिएका एनभिडियाका नयाँ पुस्ताका भेरा रुबिन प्रोसेसर जडान गर्ने सम्झौता गरेको छ । अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने दौडमा गुगल, जेफ बेजोसको ब्लु ओरिजिन र स्टारक्लाउड पनि छन् । तर, उच्च विकिरण, चरम तापक्रम, अन्तरिक्षका भग्नावशेष र सूक्ष्म उल्कापिण्डबाट स्याटेलाइट तथा प्रोसेसर जोगाउनु प्रमुख चुनौती रहेको विज्ञहरूले बताएका छन् । प्रस्तावित स्याटेलाइट सञ्जालले खगोलीय अध्ययन र रातको आकाशको अवलोकनमा असर पार्न सक्ने भन्दै अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले एफसीसीको निर्णयप्रति असन्तुष्टि जनाएको छ । ठूलो सङ्ख्या र आकारका स्याटेलाइट रातको आकाशमा लामो समयसम्म चम्किला रूपमा देखिने संस्थाको भनाइ छ । अर्थजस्टिसका वरिष्ठ अधिवक्ता जान ह्यासेलम्यानले पनि यसको विस्तारले जनजीवन र पृथ्वीको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन् । यद्यपि, अन्तरिक्षमा रहेका स्याटेलाइटले निरन्तर सौर्य ऊर्जा प्राप्त गर्न सक्ने र पृथ्वीमा निर्माण गरिएका डाटा सेन्टरभन्दा आठ गुणासम्म प्रभावकारी रूपमा ऊर्जा सङ्कलन गर्न सक्ने यसका पक्षधरहरूको भनाइ छ । स्पेसएक्सले गत जुनमा बजार प्रवेश गर्दा करिब ८५ अर्ब ७० करोड अमेरिकी डलर पुँजी जुटाएको थियो । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement