Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

‘सुल्तान’ र ‘मर्दानी’ खिचेका डिओपीले खिच्दैछन् प्रदिपको ‘२६ करोड’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सुल्तान’ र ‘मर्दानी’ खिचेका डिओपीले खिच्दैछन् प्रदिपको ‘२६ करोड’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’लाई एसियन तथा युरोपियन चलचित्रका अनुभवी छायांकार आर्टुर जुराव्स्कीले छायांकन गर्ने भएका छन् । चलचित्र छायांकनका लागि आर्टुर नेपाल आइपुगेका छन् । शनिबार नेपाल आइपुगेका आर्टुरले आइतबारबाट वर्कसप समेत जोइन गरेका छन् । बिकास सुबेदीको निर्देशन रहने चलचित्रको हाल वर्कसप भइरहेको छ । मंसिर १५ गतेबाट चलचित्रको छायांकन सुरू हुने निर्माता सुभाष भुषालले जानकारी दिए । आर्टुर पोल्याण्डका छायांकार हुन् । जसले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली चलचित्र उद्योगमा काम गरिसकेका छन् । यसअघि उनले बिकास निर्देशित नेपाली चलचित्र ‘सिरजरा’मा काम गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो । आर्टुरले बलिउडमा सलमान खानको ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’, सञ्जयदत्तको ‘भूमी’जस्ता सफल चलचित्रको छायांकन गरेका छन् । जून चलचित्रले अन्तराष्ट्रिय रूपमा समेत ख्याति कमाएका थिए । आर्टुरले पोलिस नेशनल फिल्म स्कूलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका हुन् । उनले छायांकन गरेका चलचित्रले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। उनी आफैँ पनि बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा आबद्ध भइसकेका छन्। भारतीय चलचित्रबाहेक उनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चलचित्रहरू ‘हेड टु लभ’ (अमेरिका), ‘व्हेयर वुड यू लाइक टु गो?’ (साउथ कोरिया–पोल्याण्ड), ‘लोकाटोर्का’, ‘इज् पोद प्रोंद’को छायांकन समेत गरेका छन् । अगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको चलचित्रमा प्रदिप खड्का र सारा अरएल शाहको मुख्य भूमिका रहनेछ । सारा बलिउड अभिनेता विवेक ओबेरोय कि छोरी हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्देशक सुबेदीकै लेखन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, निर्माता भुषालकै संगीत, हर्क साउदको शब्द र मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ । असोज पहिलो साता मुम्बईको ‘ताज ल्याण्ड्स इन्ड’ होटलमा चलचित्रको घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा बलिउड अभिनेता ओबेरोय समेत उपस्थित थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र
Latest NewsJust now

साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र

महोत्तरी । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ... ...

रातोपाटी
विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग
Latest NewsJust now

विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग

विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित ४७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने प्रक्रिया सुरु गरेको छ।  रिक्त तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका प्रधानाध्यापकहरूको नियुक्ति प्रक्रियाका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त माग गरेको हो। शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०८३ असोज १९ गतेको निर्... ...

नेपालखबर
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा  मधेश प्रदेशको विजयी सुरुवात
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा मधेश प्रदेशको विजयी सुरुवात

• मधेश प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। • खेलको निर्णायक गोल मधेशका विकास दर्लामीले दोस्रो हाफको ५६औं मिनेटमा गरेका थिए। • मंगलबार नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ...

नेपालबहस
कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]
Latest NewsJust now

कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]

उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई पद ओगटेर नबस्न सुझाव दिएका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement