Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सुब्रतको निर्देशनमा बन्ने ‘पच्चीस पच्चीस’को कलाकार लाइनअप पूरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुब्रतको निर्देशनमा बन्ने ‘पच्चीस पच्चीस’को कलाकार लाइनअप पूरा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्र ‘पच्चीस पच्चीस’ को कलाकार लाइनअप पूरा भएको छ । गत साउनमा आधिकारिक रूपमा निर्माण घोषणा गरिएको चलचित्र छिट्टै छायांकनमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । सुब्रत आचार्यको निर्देशनमा बन्ने चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरि, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतमलगायतका कलाकारको अभिनय रहनेछ । दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर भक्ते भाइले यही चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । सामाजिक–कमेडी विधामा निर्माण हुनलागेको चलचित्रले मनोरञ्जनसँगै उत्कृष्ट सामाजिक कथावस्तु प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ । निर्देशक आचार्यले चलचित्र नेपाली समाज र माटो सुहाउँदो हुने बताउनुभएको छ । निर्देशक आचार्यका लागि ‘पच्चीस पच्चीस’ तेस्रो चलचित्र हो । यसअघि उहाँले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ती’ निर्देशन गरिसक्नुभएको छ । चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पार्नुभएको हो भने पटकथा सुशील देवकोटाको छ । चलचित्रको छायांकन निर्देशन हरि हुमागाईंले गर्नुहुनेछ । चलचित्रका निर्माता कर्ण कार्की हुनुहुन्छ । गतवर्ष ‘होस्टेल ३’ मार्फत चलचित्र निर्माणमा प्रवेश गर्नुभएका कार्कीको यो दोस्रो चलचित्र हो । दीपेन्द्र गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा धीरेन्द्रलाल कर्ण र मणिराज खड्का सह-निर्माताका रूपमा हुनुहुन्छ । त्यस्तै, सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हाल्नुहुनेछ । कलाकारको लाइनअप पूरा भएसँगै चलचित्रको छायांकन तयारीलाई तीव्रता दिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play