काठमाडौं । निरोसन डिकवेलाको अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुग्न सफल भएको छ। यससँगै टोलीले उपाधि रक्षा गर्ने अभियानलाई थप बलियो बनाएको छ। दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो। यद्यपि, फाइनल पुग्ने उसको सम्भावना कायमै छ। सुदूरपश्चिमले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






