काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकमाथिबाट ठूलो मात्रामा सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी आवागमन ठप्प भएको चितवन प्रहरीले जनाएको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाएर सडक खुलाउने प्रयास तथा थप विवरणबारे भने जानकारी आउन बाँकी छ ।
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






