Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध
Photo / Coverage: केन्द्रबिन्दु

गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् । कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा
Latest NewsJust now

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

दमौली (तनहुँ), कात्तिक २६ गते । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा... ...

गोरखापत्र
मकवानपुर इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी
Latest NewsJust now

मकवानपुर इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी

हेटौंडा।इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी रहेको छ। मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। छठ मनाउन काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान करिब ६ः०० बजे दुर्घटनामा परेको हो। आज बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा घाइते ...

नेपालन्युज
भीमफेदी दुर्घटनामा घाइतेको संख्या ६ पुग्यो, झाडीमा भेटिए घाइते बालक
Latest NewsJust now

भीमफेदी दुर्घटनामा घाइतेको संख्या ६ पुग्यो, झाडीमा भेटिए घाइते बालक

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ। दुर्घटनास्थलनजिकैको झाडीमा घाइते अवस्थामा एक बालक भेटिएपछि घाइतेको संख्या बढेको हो। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार झाडीमा भेटिएका बालकलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि पाँच जना घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान ...

केन्द्रबिन्दु
नेपाल र भारतमा हन्डर खाएका कृष्ण दुबईमा पुगेर उद्यमशीलतामा जम्दै
Latest NewsJust now

नेपाल र भारतमा हन्डर खाएका कृष्ण दुबईमा पुगेर उद्यमशीलतामा जम्दै

बुटवल । रूपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीका कृष्ण भट्टराई सामान्य किसान परिवारमा जन्मिएका हुन् । २०५१ सालमा जन्मिएका उनको बाल्यकाल अभाव र संघर्षबिच बित्यो । कृष्णको पुर्ख्यौली घर बागलुङको निसीखोला गाउँपालिका, थापागाउँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play