कैलाली । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार गत १७ कात्तिकमा काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडित युवतीले प्रहरीमा निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा घटना कैद भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि घटनाबारे थप चासो बढेको थियो ।
सीसीटीभीमा कैद भएको दृष्यको आधारमा बसभित्र युवतीमाथि दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





