काठमाडौं । यस वर्ष चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा विज्ञानमा स्नातक अध्ययनका लागि सञ्चालित प्रवेश परीक्षा (सीईई)को नतिजामा केएमसी कलेज, बागबजारले ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयका अनुसार खुलातर्फ ४० जना विद्यार्थीले ‘एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति’को अवसर प्राप्त गरेका छन् भने आरक्षण कोटातर्फ करिब २० जना थपिने प्रारम्भिक अनुमान छ । यसरी दुवैतर्फ म्याचिङपछि कम्तीमा ६० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने केएमसीको दाबी छ । यस उपलब्धिलाई कलेजले आफ्नो इतिहासकै उत्कृष्ट नतिजाका रूपमा लिएको छ । सफल विद्यार्थीको सम्मान तथा खुसी साटासाट गर्न आइतबार विशेष कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रममा कलेजका प्रिन्सिपल डा. नगेन्द्र अर्यालले यस वर्षको नतिजाले केएमसीप्रति विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रको विश्वास थप बलियो बनाएको बताए । नतिजा सार्वजनिक भएपछि सबैको ध्यान केएमसीतर्फ केन्द्रित हुनु नै संस्थाप्रतिको अपेक्षा र भरोसाको प्रमाण भएको उनको भनाइ थियो । उनले खुलातर्फ मात्रै ४० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गर्नु सामान्य उपलब्धि नभएको उल्लेख गर्दै यसमा विद्यार्थीको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोग महत्वपूर्ण रहेको बताए । प्रिन्सिपल अर्यालले विद्यार्थीको सफलतामा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षक, कर्मचारी तथा उनीहरूले कक्षा १० सम्म अध्ययन गरेका विद्यालयहरूको समेत योगदान रहेको उल्लेख गरे । विद्यार्थीलाई बधाई दिँदै उनले यस सफलताको श्रेय उनीहरूलाई हुर्काउने, पढाउने र निरन्तर साथ दिने सबैलाई जाने पनि बताए । उनले सबै विद्यार्थीले समान परिस्थितिमा रहेर सफलता प्राप्त नगरेको प्रसङ्ग पनि उल्लेख गरे । विशेषगरी विद्यार्थी नबिना भण्डारीको संघर्ष स्मरण गर्दै उनले व्यक्तिगत तथा पारिवारिक प्रतिकूलताका बीच पनि उत्कृष्ट नतिजा हासिल गर्नु प्रेरणादायी रहेको बताए । आमाको उपचारका क्रममा अस्पतालमै रहेर प्रवेश परीक्षाको तयारी गरेकी नबिनाले आमाको निधन भएको २९औँ दिनमा परीक्षा दिँदै ५२औँ स्थान हासिल गरेको उनले जानकारी दिए । प्रिन्सिपल अर्यालले आगामी दिनमा अहिले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले यस वर्षको उपलब्धिलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । त्यसका लागि विद्यालयले शैक्षिक वातावरण, शिक्षकको मार्गदर्शन र आवश्यक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा सीईईमा ७९औँ स्थान हासिल गरेका एक विद्यार्थीले कनिष्ठ विद्यार्थीलाई प्रवेश परीक्षाको तयारीबारे अनुभव सुनाएका थिए । उनले कक्षा ११ र १२ देखि नै नियमित अध्ययन गर्ने, शिक्षकको मार्गदर्शनलाई आत्मसात् गर्ने र पाठ्यपुस्तकलाई प्राथमिकता दिने बानी विकास गर्न सुझाव दिए । समग्रमा यस वर्षको उपलब्धिलाई केएमसीले निरन्तर सफलताको अर्को ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ । सफल विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा कलेजले आगामी दिनमा पनि शैक्षिक गुणस्तर र उत्कृष्ट नतिजालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने विद्यार्थीहरु- अर्पिता श्रीवास्तवचन्दन शाहसौरभी पौडेलसोमनाथ झानविना भण्डारीइमेश थापासुभाष यादवआश्रय दाहालरिपल तामाङमञ्जिल निरौलासुरम्या पोखरेलगोकुल यादवअभिनव यादवबसन्त केसीरौनक गुप्ताश्रेयश मिश्रअङ्कित भट्टरिजन अधिकारीसान्झवी अग्रवालसन्देश थापाआदित्य यादवसिद्धार्थ खरेलसुमित यादवभरत मण्डलरविन गैह्रेप्रकाशकुमार साहसौरभकुमार क्षेत्रीतेन्जिङ तामाङलक्ष्मणकुमार महतोसौगात बस्नेतहृदयेशचन्द्र मण्डलरामचन्द्र ठाकुल्लासुमितकुमार यादवप्रसिद्धि अधिकारीदेवेन्द्र धमलाविक्रम नेपालीआशिष यादवविशाल जैनआर्यन भट्टविष्णु पाण्डे
सीईईमा केएमसी बागबजारको ऐतिहासिक सफलता, खुलातर्फ मात्रै ४० विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






