Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

सिरहा । सिरहामा बिहीबार बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको ज्यान गएको हो। प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा बिहान करिब १० बजे नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१घ ५५३ नम्बरको ट्रक र स९प ७६५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको थियो। तर, चिकित्सकले बिहान १० बजेर २५ मिनेटमा दुवैलाई मृत घोषणा गरेका थिए। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेथानचोककाे खानी सञ्चालनमा रोक
Latest NewsJust now

बेथानचोककाे खानी सञ्चालनमा रोक

काभ्रे । बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको ...

केन्द्रबिन्दु
गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन
Latest NewsJust now

गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश... ...

रातोपाटी
‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]
Latest NewsJust now

‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू बलियो नैतिक धरातलमा उभिएको कारण कुनै डर नभएको स्पष्ट पारेका छन् । विचौलिया इनम सापकोटाको भनिएको बयानको भिडियोमा गगन थापाको नाम समेत जोडिएको भन्दै सरकारले अनुसन्धानका लागि धरपकड गर्ने चर्चा चलिरहेको छ । यसैबिच त्यसबारे आफ्नो प्रतिक्रिया दिँदै सभापति थापाले आफू यसअघि पनि बलियो सत्तासँग लड्दै आएको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play