सिन्धुली । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो र कति क्षति पुग्यो भन्नेबारे थप विवरण आउन बाँकी छ।
सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_vfrjgxCrrh.webp)



