Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सिद्धार्थ बैंकलाई दुई अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ बैंकलाई दुई अवार्ड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सिद्धार्थ बैंक विश्व प्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकलाई कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस र एक्सिलेन्स इन कन्जुमर क्रेडिट काडर््स बिजनेस अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवामा उल्लेखनीयरूपमा बजार विस्तार गर्दै आएको छ । उल्लेखित उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वास पुष्टि गरेको बैंकले जनाएको छ । असार २०८३ मसान्तसम्म बैंकले कुल तीन लाख ३० हजार क्रेडिट कार्ड जारी गरिसकेकामा सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार क्रेडिट कार्ड रहेको बताइएको छ । जसका आधारमा सिद्धार्थको बजार हिस्सा करिब २१ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी असार २०८३ मसान्तसम्म बजारमा दुई लाख ८० हजार प्रिपेड कार्ड जारी भइसकेकामा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार कार्ड रहेको छ । क्रेडिट कार्ड सुविधा थप प्रभावकारी तथा सहज बनाउने उद्देश्यले मंसिर २९ सम्म ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सेवा पनि बैंकले उपलब्ध गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर
Latest NewsJust now

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

जुम्ला । गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष... ...

रातोपाटी
रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित
Latest NewsJust now

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा । निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग... ...

रातोपाटी
उत्कृष्ट उद्यमी सम्मानित
Latest NewsJust now

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना... ...

रातोपाटी
प्रहरी चौकी भवन हस्तान्तरण
Latest NewsJust now

प्रहरी चौकी भवन हस्तान्तरण

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement