Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा
Photo / Coverage: हिमालय टाइम्स

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, भक्ति र उत्साहका साथ छठ पर्व मनाएको छ । तर, राजधानी क्यानबेरामा भने सामूहिक पूजा गर्ने उपयुक्त स्थल नपाउँदा नेपालीहरूले घरबाटै छठीमाताको आराधना गर्नुपरेको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सुरु भएको हो । आयोजक संस्थाका प्रतिनिधि अरुणकुमार ठाकुरका अनुसार यस वर्षको छठ महोत्सवमा दुई हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहेको छ । कार्यक्रममा स्थानीय नगरप्रमुख, विभिन्न स्थानीय अगुवा तथा नेपाली समुदायका संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विशेष पूजा आराधना गरिएको थियो । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि धार्मिक विधिअनुसार पर्व समापन गरिनेछ । श्रद्धालुहरू परम्परागत पहिरन र पूजाका सामग्रीसहित छठ घाटमा सहभागी भएका थिए । क्यानबेरामा पूजा स्थलको अभाव, घरबाटै छठीमाताको आराधना सिड्नीमा हजारौँ नेपाली एकै ठाउँमा भेला भएर छठ पर्व मनाइरहँदा अस्ट्रेलियाका अन्य सहरमा रहेका नेपालीले भने सामूहिक पूजा गर्ने उपयुक्त स्थलको अभाव झेल्नुपरेको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्दै आउनुभएका राजा गुप्ता यस वर्ष छठ पूजाका लागि उपयुक्त स्थलको खोजीमा हुनुहुन्थ्यो । तर, विभिन्न प्रयास गर्दा पनि पूजा गर्न मिल्ने स्थान फेला पार्न नसकेपछि उहाँले घरमै छठीमाताको आराधना गर्ने निर्णय गर्नुभयो । नेपाल न्यूज बैंकसँग कुरा गर्दै गुप्ताले आफ्नो जन्मथलो वीरगञ्जमा परिवार तथा आफन्तहरूले छठ पर्व मनाइरहेको दृश्य भिडियोमा हेर्दा भावुक भएको बताउनुभयो । वीरगञ्जका छठ घाटमा श्रद्धालुको भीड, छठका गीत र पूजाको उल्लास देख्दा घरको निकै सम्झना आएको उहाँको भनाइ छ । जन्मभूमिमा परिवार र आफन्तसँगै छठ मनाउने चाहना हुँदाहुँदै विदेशमा पूजा गर्ने स्थलसमेत नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । नेपालको तराई–मधेस क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय अस्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ । सामूहिक रूपमा आयोजना हुने यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, धार्मिक परम्परा र मौलिक पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । सिड्नीमा देखिएको उल्लेख्य जनसहभागिताले नेपाली समुदायको सांस्कृतिक एकता र आफ्नो परम्पराप्रतिको लगाव झल्काएको छ । अर्कोतर्फ, क्यानबेरामा पूजा स्थल नपाएर घरमै आराधना गर्न बाध्य नेपालीको अनुभवले अस्ट्रेलियाका अन्य सहरमा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थलको आवश्यकता उजागर गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश
Latest NewsJust now

नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश

काठमाडाैँ। दक्षिणपूर्वी नाइजरमा दशकौँदेखि बसोबास गर्दै आएका महामिद जनजातिका हजारौँ अरब घुमन्तेलाई यस वर्षको अन्त्यसम्ममा देश छाड्न आदेश दिइएको छ। स्थानीय अधिकारीहरूले आइतबार यो जानकारी दिएका हुन्। नाइजरको सैन्य सरकारले महामिद... ...

रातोपाटी
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
Latest NewsJust now

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर, कात्तिक २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना ग... ...

गोरखापत्र
झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा
Latest NewsJust now

झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

झापा । परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आइतबार सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ। जिल्लाका मुख्य तथा सहायक नदी र... ...

रातोपाटी
डडेल्धुरामा ट्याक्टर दुर्घटना, चालक र सहचालक घाइते
Latest NewsJust now

डडेल्धुरामा ट्याक्टर दुर्घटना, चालक र सहचालक घाइते

डडेल्धुरा समाचारदाताडडेल्धुरा, कात्तिक २९ । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।आइतबार अमरगढी नगरपालिका–१० ऐ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play