Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री (सार्क सिसिआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहनुभएका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुनुहुन्छ । उहाँ चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी ‘इला’ होटल चेन ब्राण्डको प्रवर्द्धक तथा लगानीकर्ताका रूपमा परिचित हुनुहुन्छ । संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले सो क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभएको छ । सर्वोच्च शिखर सगरमाथाको हिमशृंखलादेखि हिन्द महासागरका टापु, विशाल समुन्द्री तट, जंगल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाहरूले सो क्षेत्रमा पर्यटनको अपार सम्भावना बोकेको उहाँको भनाइ छ ।विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने दक्षिण एसिया आफैंमा एक विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उहाँले उक्त सम्भावना यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताउनुभयो । सो क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्राण्डलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै संयोजक ढकालले भन्नुभयो, ‘अन्तरदेशीय लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधि आदानप्रदानलाई समेत टेवा पुर्‍याउँछ । नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीयस्तरमा जोड्न सकिन्छ ।’ क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने भावनासाथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । विभिन्न देशका गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिने उहाँको धारणा छ । क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै उहाँले सार्क राष्ट्रका प्रमुख शहरबीच सिधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताउनुभयो । सोही क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्कका प्रमुख गन्तव्यसँग सिधा हवाई सम्पर्कमा जोड्न सकिएमा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उल्लेखित लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्य अनिवार्य रहेको बताउँदै संयोजक ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चहरूले पुलको काम गर्न सक्ने उल्लेख गर्नुभयो । उहाँले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play