Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

‘सारथि’ को अफिसियल पोस्टर सार्वजनिक, मंसिर ११ देखि प्रदर्शनमा आउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सारथि’ को अफिसियल पोस्टर सार्वजनिक, मंसिर ११ देखि प्रदर्शनमा आउने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘सारथि’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको यो चलचित्र आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा गुर्जा क्षेत्रको हिमाली सौन्दर्य र चलचित्रका मुख्य पात्रलाई प्रस्तुत गरिएको छ । चलचित्रमार्फत गिरि विश्वकर्मा र गायत्री जोशीले अभिनयमा डेब्यु गर्दैहुनुहुन्छ । साथै, निरुता सिंह र उत्तम प्रधान करिब दुई दशकपछि एउटै चलचित्रमा देखिँदै हुनुहुन्छ । किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायत कलाकारको अभिनय छ । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुनुहुन्छ । संकल्प भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ । हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई कथावस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play